ब्रड पिक हिमपहिरोमा परी कीर्तिमानी आरोही निर्मल पुर्जाको निधन

पाकिस्तानस्थित ब्रड पिकको हिमपहिरोमा परेका नेपाली मूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको निधन भएको पुष्टि भएको छ । उनको टोलीले शनिबार जारी गरेको वक्तव्यमा हिमपहिरोपछि पुर्जाको दुःखद निधन भएको पुष्टि गरिएको हो । साथै, उक्त अभियानमा सहभागी अन्य सदस्यहरू पनि जीवित नरहेको पुष…

ब्रड पिक हिमपहिरोमा परी कीर्तिमानी आरोही निर्मल पुर्जाको निधन

पाकिस्तानस्थित ब्रड पिकको हिमपहिरोमा परेका नेपाली मूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको निधन भएको पुष्टि भएको छ । उनको टोलीले शनिबार जारी गरेको वक्तव्यमा हिमपहिरोपछि पुर्जाको दुःखद निधन भएको पुष्टि गरिएको हो ।

साथै, उक्त अभियानमा सहभागी अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि गरिएको छ । वक्तव्यमा निम्ससँगै उनका विश्वासिला आरोहण सहयात्री तथा गाइड पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि निधन भएको उल्लेख गरिएको छ ।

टोलीले घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार, आफन्त र शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गरेको छ ।