देशभर नेकपाको बिजय जूलूस सुरु बडिगाड मा पनि निस्कियो सुर्यध्वजाबाहक झन्डा को र्‍याली!

दिनेश शर्मा, बडिगाड बाग्लुङ - जिल्लाको बडिगाड गाउपालिका वडा न २ मा भएको उपनिर्बाचन र देश ब्यापी रुपमा भएको उपनिर्बाचन मा नेपाल कम्युनिस्ट पार्टी( नेकपा) को पक्षमा जनलहर आएपछी खुसियाली मा जुलुस निकालिएको छ। यसै सन्दर्भमा बडिगाड गाउपालिका वडा न २ मा हिजो भएको निर्बाचन पछि गरिएको मत…

देशभर नेकपाको बिजय जूलूस सुरु बडिगाड मा पनि निस्कियो सुर्यध्वजाबाहक झन्डा को र्‍याली!
दिनेश शर्मा, बडिगाड बाग्लुङ - जिल्लाको बडिगाड गाउपालिका वडा न २ मा भएको उपनिर्बाचन र देश ब्यापी रुपमा भएको उपनिर्बाचन मा नेपाल कम्युनिस्ट पार्टी( नेकपा) को पक्षमा जनलहर आएपछी खुसियाली मा जुलुस निकालिएको छ। यसै सन्दर्भमा बडिगाड गाउपालिका वडा न २ मा हिजो भएको निर्बाचन पछि गरिएको मतगणना मा २९२ मत को फराकिलो मतान्तर ले युवा उम्मेदवार ढालेन्द्र शेरचन ले जितेपछी अहिले त्यस क्षेत्र मा सयौ मानिसहरु सडक मा ओर्लिएर खुसियाली मनाइरहेका छन। र्‍याली मा उत्रीएका सबै मानिसहरु हात हात मा सुर्यध्वजाबाहक झन्डा लिइ कम्युनिस्ट एकता को पक्षमा नाराहरु लगाइरहेका छन । उक्त र्याली बडिगाड ५ र २ को सिमाना बाट सुरु भइ वडा न दुई को हरेक टोल टोल मा पुगेको हो। उक्त बिजयर्‍याली मा छिमेकि वडा का नेता कार्यकर्ता तथा मतदाता हरु सहभागी रहेका छन उक्त र्‍याली मा नेपाल कम्युनिस्ट पार्टी( नेकपा) का वडा ,गाउपालिका,जिल्ला र प्रदेश समीती का नेता तथा आम कार्यकर्ता हरुको व्यापक उपस्थिती रहेको हो।तत्कालिन नेपाल कम्युनिस्ट पार्टि एमाले को तर्फबाट वडाअध्यक्ष्य मा निर्बाचित बिष्णु भुषाल जिल्ला समन्वय समिती को उपप्रमुख पदमा निर्बाचित भएपछी उक्त स्थान खाली रहेको थियो शनिबार भएको निर्बाचन मा मैदान मा रहेका तीन दल नेपाल कम्युनिस्ट पार्टी( नेकपा) नेपाली काङ्रेस र सङ्घिय समाजबादी पार्टी बिचको प्रतिस्पर्धा मा २९२ मतान्तर ले सुर्य चिन्ह ले जितेपछी आज खुसियाली मनाइएको हो। बिजय र्‍याली मा अध्यक्ष मा बिजय हासिल गर्नुभएका शेरचन ले जनता को सुखदुःख सङ्गै जोडिएर काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ।