पाल्पामा मास्क नलगाई हिँड्नेलाई कारबाही सुरु !

सुमित्रा कडेंल । पाल्पामा मास्क नलगाइ हिड्नेलाइ प्रहरीले कारबाही शुरु गरेको छ । बिनामास्क सडकमा हिडेका सर्वसाधारणलाइ प्रहरीले कारबाही गर्न थालेको छ । सडक डाउनको समयमा र कोरोना महामारीको बेला मास्क नलगाइ बजारमा हिड्ने जोकोहीलाइ प्रहरीले रोकेर हात धुन लगाउने, कोरोना महामारीको बारेम…

पाल्पामा मास्क नलगाई हिँड्नेलाई कारबाही सुरु !
सुमित्रा कडेंल । पाल्पामा मास्क नलगाइ हिड्नेलाइ प्रहरीले कारबाही शुरु गरेको छ । बिनामास्क सडकमा हिडेका सर्वसाधारणलाइ प्रहरीले कारबाही गर्न थालेको छ । सडक डाउनको समयमा र कोरोना महामारीको बेला मास्क नलगाइ बजारमा हिड्ने जोकोहीलाइ प्रहरीले रोकेर हात धुन लगाउने, कोरोना महामारीको बारेमा जानकारी दिने र जरिवाना समेत लिने गरेको छ । आइतबार तानसेनमा प्रहरीले चेकजाँच गरी कारबाही अगाडि बढाएको प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । १५ जना भन्दा बढी पक्राउ परेका व्यक्तिलाइ संक्रमण रोग ऐन(२०२० र नेपाल सरकारले जारी गरेको नियमानुसार कारबाही गरिएको जानकारी दिनुभयो