बडिगाडको खर्च विवरण : योजना अनुगमनकै खर्च २० लाख !

विमल खड्का/जीवन पाण्डे बाग्लुङ । बडिगाड गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/७७ जेठमसान्त सम्मको खर्च विवरण सार्वजनिक गरेको छ । पालिकाले सार्वजनिक गरेको विवरणअनुसार २६ करोड ११ लाख ३८ रुपैयाँ खर्च भएको हो । पालिका भित्र भएका योजनाको अनुगमन तथा मुल्यांकन खर्च विवरण र शीर्षक बाहेक (विवि…

बडिगाडको खर्च विवरण : योजना अनुगमनकै खर्च २० लाख !
विमल खड्का/जीवन पाण्डे बाग्लुङ । बडिगाड गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/७७ जेठमसान्त सम्मको खर्च विवरण सार्वजनिक गरेको छ । पालिकाले सार्वजनिक गरेको विवरणअनुसार २६ करोड ११ लाख ३८ रुपैयाँ खर्च भएको हो । पालिका भित्र भएका योजनाको अनुगमन तथा मुल्यांकन खर्च विवरण र शीर्षक बाहेक (विविध) खर्चको विवरण ३६ लाख बराबरको देखिएको छ । जसमा योजना अनुगमनको २० लाख ३० हजार ९ सय ९७ रहेको छ भने, शीर्षक बिना विविध भनिएकोमा १५ लाख ३१ हजार ६ सय रुपैयाँ खर्च भएको पालिकाका सुचना अधिकारी थम्मन रेश्मीले जानकारी दिए । यस्तै, पालिकाले सेवा तथा परार्मशमा १५ लाख ३ हजार १ सय २० रुपैयाँ खर्च गरेको छ । सवारी मर्मत र इन्धन खर्च १६ लाख पालिकामा सञ्चालनमा रहेका सवारीहरुको मर्मत सम्भार र इन्धन खर्च १६ लाख बढी भएको छ । सञ्चालनमा रहेका सवारी साधनको मर्मत ९ लाख ६१ हजार ७ सय ५० र कार्यालय र पदाधिकारीको इन्धन खर्च ६ लाख ४८ हजार ९ सय ७७ गरी १६ लाख १० हजार ७ सय २७ खर्च देखिएको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ को जेठ मसान्तसम्मको खर्च विवरण कर्मचारी पारिश्रमिक  : ६२६०९५३ पारिश्रमिक पदाधिकारी :२६०४००० पोेसाक :२२०००० स्थानीय भत्ता :१७२०५७ महँगी भत्ता :३३७७९३ अन्य भत्ता :६७९५५९ पदाधिकारी अन्य सुविधा :९९६२५ सञ्चार महसुल :२५५४३८ इन्धन ( पदाधिकारी) :५७६५४१ इन्धन कार्यालय (प्रयोजन) :३९८११ सवारी साधन मर्मत :९६१७५० बीमा तथा नविकरण खर्च :६९१५९ मेसिनरी तथा औजार मर्मत सम्भार तथा सञचालन खर्च :१११३४५ निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च: २०००००० अन्य सम्पत्तिहरुको सञ्चालन तथा सम्भार खर्च: ९९४४० मसलन्द तथा कार्यालय सामाग्री: १३६४४१६ इन्धन अन्य प्रयोजन: ३२६३२ पत्रपत्रिका छपाई तथा सुचना प्रकाशन खर्च : ३३७५७० सेवा परार्मश खर्च :१५०३१२० सुचना प्रणाली तथा सफ्टवेयर खर्च : १७३१६५ करार सेवा शुल्क :१९६९८०० कर्मचारी तालिम खर्च :३००००० कार्यक्रम खर्च :९०००० विविध कार्यक्रम खर्च :७६००० अनुगमन तथा मुल्यांकन खर्च :२०३०९७७ भ्रमण खर्च :६७५०० विशिष्ट व्यत्तिको भ्रमण खर्च :५१४०० विविध खर्च :१५३१६५७ सभा सञ्चालन खर्च :२३११०० राहत तथा उद्धार खर्च :५६४००० औधषधि खरिद खर्च :७७४५० अन्य सामाजिक सहायता :२९५०० घर भाडा :९४०६०० सवारी भाडा :७१८४१७ अन्य भाडा :१५४५०० वडा सञ्चालन र चालु खर्च: १७६३२१० फर्निचर एण्ड फिक्चर्स : ३४०२२० Heavy Equipment खरिद : १८६८९०००