बडिगाड गाउँपालिकाद्वारा जिप दु*र्घटनाको शोक बक्तब्य जारि,

जीवन पाण्डे, बडिगाड बागलुङ – मंगलवार बिहान ९:४५ बजे जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे, घोपर्ना क्षेत्रमा भएको जिप दु*र्घटनाको बडिगाड गाउँपालिकाद्वारा शोक बक्तब्य जारि गरिएको छ | गुल्मी जिल्लाको इश्मा गाउँपालिकाको दोहोली पैयाँपाटाबाट बागलुङको निसिखोला गाउँपालिका १, देव…

बडिगाड गाउँपालिकाद्वारा जिप दु*र्घटनाको शोक बक्तब्य जारि,
जीवन पाण्डे, बडिगाड बागलुङ – मंगलवार बिहान ९:४५ बजे जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे, घोपर्ना क्षेत्रमा भएको जिप दु*र्घटनाको बडिगाड गाउँपालिकाद्वारा शोक बक्तब्य जारि गरिएको छ | गुल्मी जिल्लाको इश्मा गाउँपालिकाको दोहोली पैयाँपाटाबाट बागलुङको निसिखोला गाउँपालिका १, देविस्थानको बायोखोलामा कुल (दिवाली) पुजाका लागि जाँदै गरेको १८ जना सवार ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडि लोकमार्गबाट बडिगाड खोलामा दु*र्घटना हुँदा १ बच्चा ९ महिला र ४ पुरुष सहित १४ जनाको घटनास्थलमै मृ*त्यु भएको कुरालाई उल्लेख गर्दै शोक बक्तव्य जारि गरेको हो | जसमा यस्तो लेखिएको छ ; बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठेको घोपर्ना भन्ने स्थानमा मिति २०७६ मंसिर १७ गते मंगलवारका दिन विहान करिव ९:४५ बजेको समयमा भएको अत्यन्तै कहालीलाग्दो जीप दुर्घटनाले सिंगो गाउँकार्यपालिका, तथा गाउँपालिका स्तब्ध बनेको छ । गुल्मी जिल्लाको इश्मा गाउँपालिकाको दोहोली पैयाँपाटाबाट बागलुङको निसिखोला गाउँपालिका १, देविस्थानको बायोखोलामा कुल (दिवाली) पुजाका लागि जाँदै गरेको १८ जना सवार ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडि लोकमार्गबाट बडिगाड खोलामा दु*र्घटना हुँदा १ बच्चा ९ महिला र ४ पुरुष सहित १४ जनाको घटनास्थलमै मृ*त्यु भएको, एक जना हराएको तथा ३ जनाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ । घाइतेको अहिले शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा उपचार भैरहेको छ। यस दुः*खद्, अकल्पनीय र भयावह दु*र्घटनाबाट हुन गएको अपुरणीय मानवीय क्षतिले सिंगो गाउँपालिका परिवारलाई मर्माहत बनाएको छ। यस दु*र्घटनामा जीवन गुमाउनु हुने मृ*तकहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवार र आफन्तजनमा हार्दिक समबेदना व्यक्त गर्दछौं। गम्भीर घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्यमा संलग्न सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं ।