बाग्लुङमा बन्दुक पड्केर एक किशोरको मृत्यु !

बाग्लुङ । जिल्लाको गलकोट रमुवामा भरुवा बन्दुक पड्केर एक जनाको ज्यान गएको छ । गलकोट नगरपालिका १० रमुवा बिखबारी जैलुङमाका १५ बर्षिय मिलन मगरको सोमवार राति भरुवा बन्दुक पड्किएर ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक शारप्रसाद चौधरीले जानकारी दिनुभयो । रमुवाका स्थानीयले गाईब…

बाग्लुङमा बन्दुक पड्केर एक किशोरको मृत्यु !
बाग्लुङ । जिल्लाको गलकोट रमुवामा भरुवा बन्दुक पड्केर एक जनाको ज्यान गएको छ । गलकोट नगरपालिका १० रमुवा बिखबारी जैलुङमाका १५ बर्षिय मिलन मगरको सोमवार राति भरुवा बन्दुक पड्किएर ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक शारप्रसाद चौधरीले जानकारी दिनुभयो । रमुवाका स्थानीयले गाईबस्तुलाई चरिचरणको लागी जगंलमा छाडेको अबस्थामा नुन राख्न गएका रमुवाका ५ जना र पाण्डबखानीका १ जना गरि ६ जना गएको र गाईबस्तुलाई नुन राखेर फर्किने क्रममा भरुवा बन्दुक पड्किदाँ मगरको ज्यान गएकोे दावी छ । मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटना स्थलमा फेला परेको भरुवा बन्दुक मृतक मगर र मृतक सँगै गएका ५ जनालाई नै थप अनुसन्धानको लागि जिल्ला ल्याउँदै गरेको प्रहरी उपरिक्षक चौधरीको भनाई छ ।