सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिका वडा नं ९ स्थित अर्लाङ्कोट स्वास्थ्य चौकी भवन निर्माणमा नगरपालिकाका केही कर्मचारीहरुले वडा कार्यालय र स्थानीयसगं समन्वय नै नगरी मनलाग्दी गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । स्वास्थ्य चौकी मर्मत र स्तरोन्नतीका लागि सघिंय सरकारबाट विनियोजित बजेट अनुसार भवन निर्माणको लागि जग्गा छनौट गर्ने क्रममा स्थानीयहरुलाई थाहा नै नदिई पाल्पाबाट आएका ईन्जिनियरहरुलाई समेत बाग्लुङको बाटो भएर लगेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।
डाँसिकोट,अर्लाङ्कोट, मौरीभिर र ददल्काको बीचमा पर्ने घोँडाखसेमा हाल रहेको स्वास्थ्य चौकी भवन नजिकै ५ रोपनी जग्गा हुँदा हुँदै केही व्यक्तिहरुको व्यक्तिगत स्वार्थले स्थानीयहरुको भावना विपरित दानसिङमा भवन निर्माणका लागि चलखेल गरिएकाले विरोधका कार्यक्रमहरु गर्नुपरेको पूर्व गाविस अध्यक्ष यदुलाल सापकोटाले बताउनुभयो । २०५१ सालदेखि उक्त ठाउँमा सबैको पायक पर्ने स्थानमै स्वास्थ्यचौकीको भवन रहेको र अहिले रहेको संरचनालाई समेत प्रयोग गर्नेगरी र सबैलाई पायक पर्ने हिसाबले आफुहरुले घोँडाखसेमै स्वास्थ्य चौकी हुनुपर्ने माग रहेको उहाँको भनाई छ ।
मगंलबार नगरपालिकाका केही ईन्जिनियरहरुले पाल्पाको भवन डिभिजन कार्यालयबाट आएका ईन्जिनियरहरुलाई सम्बन्धित स्थानमा नै नगई र वडा समिति सगं समन्वयनै नगरी सुनियोजित हिसाबले जग्गा देखाएको भन्दै उनीहरुले बुधवार नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उक्त पत्र बुझाउँदै नेपाली काँग्रेस वडा नं ९ सभापति टिकाराम सापकोटाले दानसिङमा स्कुलको नाममा रहेको जग्गालाई स्वास्थ्य चौकीको जग्गा बनाएर मनोमानी ढगंले केही व्यक्तिहरुको व्यक्तिगत स्वार्थलाई ध्यानमा राखेर भवन निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो ।
आफुहरूले वडा समितीमा सर्बसम्मत निर्णय गराऊन पहल गरिरहेको र वडाअध्यक्षले एक हप्ताको समय मागिरहेको परिपेक्षमा उहॉलाई सहयोग गर्न सकेको भए राम्रै हुनिथियो भन्दै युवा समाजसेबी रामकृष्ण कडेंल बजेट कुनै हालतमा बिभिन्न बहानामा फ्रिज हुन नदिन सबै जिम्मेवार ढंग बाट लागौ भनी आग्रह गर्नुभयो। ’वडाबासी हरू मिलेरै अगाडी बढौ,एकतामा तागत हुन्छ’कंडेलले बताऊनुभयो। साथै उहाँले नगरपालिकाले स्वास्थ्य चौकीमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा स्थानीयले स्वास्थ्य जस्तो सवेंदनशील क्षेत्रमा समेत सास्ती खेप्दै आउनुपरेको भन्दै प्रमुख प्रशाशकीय अधिकृतलाई गम्भीर बन्न आग्रह गर्नुभयो । नगरपालिकाले काजमा कर्मचारी राख्न नपाईने आफ्नै नियमलाई लत्याएर केही मान्छेहरुलाई काजमा नियुक्ति गर्नु दुखद रहेको उहाँको भनाई थियो ।
पहिले पनि विवाद भएर ३ ठाउँ उपयुक्त स्थान छनौट गर्दा घोडाखसे नै उपयुक्त हुने भनेर भोटिङको आधारमा ठाउँ छनोट गरिएकाले सोही ठाउँमै स्वास्थ्य चौकीको भवन निर्माण गर्नुपर्ने र स्वास्थ्य चौकी भवन स्तरोन्नतीका लागि आएको बजेटलाई दुरुपयोग गर्न नहुने यज्ञ कडेंलले धारणा व्यक्त गर्नुभयो । सोही अवसरमा विश्वनाथ सापकोटाले पहुँचको आधारमा कर्मचारीले जे पायो त्यही गर्न नपाउने र त्यसो गरी जनतालाई असह्य हुने बताउनुभएको थियो । उक्त बजेट अर्लाङकोट स्वास्थ्य चौकी घोडाखसेको लागी बिनियोजित भएको हुनाले तत्काल भवन नजिकै उपलब्ध जग्गामा बनाऊन माग गर्दै आफुहरूले अन्याय नसहने यज्ञमुर्ति सापकोटाले बताऊनुभयो । सापकोटाले हेल्थपोस्ट ईन्चार्ज र मुसिकोट जनस्वास्थ्य प्रमुखबाट आफुहरूलाई सुचना लुकाईकोमा आक्रोश ब्यक्त गर्नुभयो।
ध्यानाकर्षण पत्र बुझ्दै मुसिकोट नगरपालिका आर्थिक शाखा सयोंजक प्रकाश काफ्लेले ईन्जिनियरले गरेको निर्णय निर्णायक नहुने भएको भन्दै अन्तिम निर्णय वडा समिति र कार्यपालिकाकै हुने बताउनुभयो । साथै उहाँले स्वास्थ्य चौकी भवन नयाँ निर्माण नभई जुन ठाउँमा स्वास्थ्य चौकी भवन छ त्यही ठाउँमा स्तरोन्नती भएकाले विवाद नगर्न र वडा समितिले बरु यथाशक्य निर्णय गर्नका लागि अनुरोध गर्न आग्रह गर्नुभयो । साथै उहाँले ध्यानाकर्षण पत्रमा आएको मागलाई जस्ताको तस्तै नगरप्रमुख समक्ष बताउने र आफुले पनि सक्दो पहल गर्ने बताउनुभयो ।
मुसिकोट नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले वडा समितिको अन्तिम निर्णय नै निर्णायक हुने भएकाले कर्मचारीले के गरे भन्ने विषयमा अलमल नहुन आग्रह गर्नुभयो । ठाउँ भुगोल जनताको आवश्यकता र मागलाई मध्येनजर गरेर उपयुक्त स्थानमा भवन निर्माण गर्न वडा समितिले गरेको निर्णनै अन्तिम निर्णय हुने भएकाले बरु वडा समितिलाई उपयुक्त स्थानमा भवन निर्माणका लागि ताकेता गर्न आग्रह गर्नुभयो । वडाध्यक्षको सयोंजकत्वमा स्वास्थ्य चौकी व्यवस्थापन समिति निर्माण भएकाले स्वास्थ्य चौकी भित्रका कुरा उक्त समितिले नै मिलाउनु पर्ने र त्यस्तो अफ्ठ्यारो स्थिति आएमा नगरपालिकाले आवश्यक प्रक्रिया अगाडी बढाउने बताउनुभयो ।
अर्लाङकोट स्वास्थ्य चौकी भवन निर्माणमा समन्वय नगरेको भन्दै स्थानीयको विरोध !
सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिका वडा नं ९ स्थित अर्लाङ्कोट स्वास्थ्य चौकी भवन निर्माणमा नगरपालिकाका केही कर्मचारीहरुले वडा कार्यालय र स्थानीयसगं समन्वय नै नगरी मनलाग्दी गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । स्वास्थ्य चौकी मर्मत र स्तरोन्नतीका लागि सघिंय सरकारबाट विनियोज…
