गुल्मी । सूर्योदय लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय तम्घास गुल्मीले जिल्लाका विभिन्न ठाउका वाढी पहिरो पडित सदस्यलाई आर्थिक सहयोग गरेको छ ।
प्राकृतिक विपत्तिका कारण समस्या परेका र घरबासनै गुमाउन पुगेका आफ्ना सदस्यहरुलाई सहयोग गर्ने उद्देश्ययले स्थापित संस्थाले जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोले प्रभावित बनेकाहरुलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
अविरल वर्षा संगै गएको वाढी पहिरोको कारण घर गोठमा पुगेको क्षतिको विवरण सकंलन गरी इस्मा गाउपालिका १ जुकेपानीमा रहेका सदस्यहरु माया जोगी कुवर, वसन्ती घर्ति, खिम कुमारी घर्ति त्यस्तै इस्मा गाउपालिकाकै वाड नं.१ तोरीखर्कको सदस्य तुल्सी दमाई, इस्मा गाउपालिका ४ भुलापोखराका सदस्य श्री कालिका घर्ति र हिमा घर्ति त्यस्तै गरी रेसुङगा नगरपालिका २ का सदस्य ईश्वरा पौडेललाई जनही पाँच हजार रुपैयाका दरले झण्डै ३५००० रुपैँया सहयोग गरेको संस्थाले जनाएको छ ।
संस्थाले यस भन्दा पहिला पनि वाढी पहिरो पिडित २ जनालाई प्रतिव्यक्ति ५००० हजारका दरले सहयोग रकम उपलव्ध गराईको छ भने बाकी रहेका वाढी पिडित सदस्यलाई आगामी दिनमा सहयोग उपलव्ध गराईने बताएको छ । कार्यक्रममा वोल्दै शाखा कार्यालय प्रमुख गोविन्द खड्काले प्राकृतिक विपत्तिका कारण समस्या परेकाहरुलाई थोरै भएपनि सहयोग होस भनेर सहयोग रकम हस्तान्तरण गरेको बताउनुभयो
पहिरो पीडितलाई सूर्योदय लघुवित्त वित्तीय संस्थाले आर्थिक सहयोग गर्यो !
गुल्मी । सूर्योदय लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय तम्घास गुल्मीले जिल्लाका विभिन्न ठाउका वाढी पहिरो पडित सदस्यलाई आर्थिक सहयोग गरेको छ । प्राकृतिक विपत्तिका कारण समस्या परेका र घरबासनै गुमाउन पुगेका आफ्ना सदस्यहरुलाई सहयोग गर्ने उद्देश्ययले स्थापित संस्थाले जिल्लाका विभ…
