बडिगाड अनलाइन । गत बुधवार भुजी खोलामा आएको बाढीले मानवीय क्षति मात्रै गरेन् । भौतिक क्षति पनि उत्तिकै गरेको छ । त्यसक्षेत्रमा सञ्चालित झण्डै ११ वटा लघुजलविद्युत आयोजनामा क्षति पुर्याएपछि अहिले त्यसक्षेत्रमा सञ्चार सेवा पूर्ण रुपमा अवरुद्ध छ । त्यस्तै बाढीले दर्जनौँ झोलुङ्गे पुल र केही पक्की पुल समेत बगाएपछि गाउँ गाउँबीचको सम्बन्ध पनि टुटेको छ ।
भुजुङ्गेबाट बाढी आएर पुल र खाद्यान्न बगाएपछि अहिले फल्लेघर र ढोरपाटनका स्थानीयहरुलाई खाद्यान्न कहाबाट लैजाने ? के खाने भन्ने अवस्था सिर्जना भएको छ । बाढी प्रभावित क्षेत्रमा बाहेक अन्य क्षेत्रमा पनि पैदल हिँड्न र राहतका लागि खाद्यान्न सामाग्री पुर्याउन समेत कठिन छ । जोखिम मोलेरै त्यही खोला नै खोला हिड्नु पर्ने वाध्यात्मक अवस्था छ । त्यही कुरा मध्यनजर गरेर दुई युवा फट्के हाल्दै हिडेका छन ।
उनीहरुलाई न त कसैले आर्थिक सहयोग गरेको छ न त कसैले फड्के निर्माण गर भनेर नै भनेको हो । उनीहरु निस्वार्थ सेवा स्वरुप फड्के निर्माण गरेको बताउँछन् ।स्थानीय चन्द्र कुमार रसाईली र मान बहादुर रसाईलीले अहिले खोलाका विभिन्न स्थानमा फड्के हाल्नुभएको छ । सामान्य मान्छे त खोलो बल्ल तल्ल तर्ला तर बालबच्चा,अपाङ्गता भएका व्यक्तिलाई पनि खोला तर्न सहज होस भनेर सागुं निर्माण गरेको उहाँहरुले बताउनुभयो । आफैहरुले काठहरु खोजेर टाढा टाढा बाट राहत सामाग्री लिएर आउनेहरुलाई सहज रुपमा त्यसक्षेत्रमा पुग्न सहज होस भन्ने आफुहरु उद्धेश्य रहेको उहाँहरुको भनाई छ ।
भुजीखोलामै झण्डै उनीहरुले आधा दर्जन ठाउँमा सागुं निर्माण गरेका छन् । आफै काठ काटेर फड्के निर्माण गर्ने गरेका छन् । आफुहरुको घर समेत बाढीले जोखिममा पारेको बताउने उनीहरु सरकारले पीडितहरुको छिट्टै पुर्नवासको व्यवस्था गर्नुपर्ने बताउँछन् ।
पुल बगाएपछि प्रभावित क्षेत्रमा फड्के हाल्दै दुई युवा !
बडिगाड अनलाइन । गत बुधवार भुजी खोलामा आएको बाढीले मानवीय क्षति मात्रै गरेन् । भौतिक क्षति पनि उत्तिकै गरेको छ । त्यसक्षेत्रमा सञ्चालित झण्डै ११ वटा लघुजलविद्युत आयोजनामा क्षति पुर्याएपछि अहिले त्यसक्षेत्रमा सञ्चार सेवा पूर्ण रुपमा अवरुद्ध छ । त्यस्तै बाढीले दर्जनौँ झोलुङ्गे पुल र…
