आफ्नै बाहुले गरे छोराको ह*त्या

पर्साको पोखरिया नगरपालिकामा एक बाहुले आफ्नै छोराको हत्या गरेका छन्। रक्सीको कुलतमा फसेका ७० बर्षीय लक्ष्मी शाहलाई ३५ वर्षीय छोरा मधो साहले बारम्बार रक्सि नपिउन आग्रा गर्दा पनि नमाने पछि पसलमा नै आफ्ना बुबालाई रक्सि नदिनु भनेका थिए र कतिपय पसलेले रक्सि दिदैन पनि थिए। ७० बर्षीय लक्…

आफ्नै बाहुले गरे छोराको ह*त्या
पर्साको पोखरिया नगरपालिकामा एक बाहुले आफ्नै छोराको हत्या गरेका छन्। रक्सीको कुलतमा फसेका ७० बर्षीय लक्ष्मी शाहलाई ३५ वर्षीय छोरा मधो साहले बारम्बार रक्सि नपिउन आग्रा गर्दा पनि नमाने पछि पसलमा नै आफ्ना बुबालाई रक्सि नदिनु भनेका थिए र कतिपय पसलेले रक्सि दिदैन पनि थिए। ७० बर्षीय लक्ष्मीले रक्सि सहज तरिकाले पिउन नपाएपछि आफ्ना छोराको हत्या गरका हुन्। भदौ २९ गते रक्सिले मातेर घर आएका आफ्ना बुबालाई किन रक्सि खानु भएको भनेर छोराले भनेपछि सामान्य बिबाद भएको र बिबाद हुने क्रममा बुबा लक्ष्मीले आफुसंग भएको चक्कुक्ले छोरालाई प्रहार गरेका थिए। चक्कु प्रहार बाट गम्भीर घाइते भएका ३५ वर्षीय छोरा मधो साहलाई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो। प्रहरीले हत्यारा लक्ष्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बाबु–छोराबीच अरु विषयमा विवाद खासै नरहेको पाइएको प्रहरीले जनाएको छ भने लक्ष्मीले चटपटे बेच्ने काम गर्थिए।