मुसिकोटका १० कर्मचारी सहित थप १७ जनामा कोरोना सक्रंमण : नगरपालिका सील !

सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकामा १७ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । भाद्र २५ गते समुदायस्तरमा २९ जनाको स्वाव सकंलन गरि परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाईएकोमा १७ जनाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत न…

मुसिकोटका १० कर्मचारी सहित थप १७ जनामा कोरोना सक्रंमण : नगरपालिका सील !
सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकामा १७ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । भाद्र २५ गते समुदायस्तरमा २९ जनाको स्वाव सकंलन गरि परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाईएकोमा १७ जनाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो । सक्रंमितमध्ये नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारी ९ जना रहेका छन् । त्यस्तै २ जना सुरक्षाकर्मी , १ जना एम्बुलेन्स चालक, १ जना स्थानीय र बाँकी ४ जना क्वारेन्टाईनमा रहेका व्यक्ति रहेको उहाँले जानकारी दिनुभयो । नगरकार्यालापलिकामा कार्यरत कर्मचारीहरु मध्ये ईन्जिनियर देखि विभिन्न शाखाका शाखा प्रमुखहरु रहेको उहाँको भनाई छ । सक्रंमतिको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र केहीमा सामान्य लक्षण देखिएकाले उहाँहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको उहाँले बताउनुभयो । यसैबीच पछिल्लो समय समुदायस्तरमा कोरोना सक्रंमण फैलिएको र नगरपालिकामा कार्यरत कर्मचारीमै कोरोना सक्रंमण पुष्टी भएपछि आज बसेको नगरकार्यपालिकाको बैठकले असौज १३ गतेसम्मका लागि नगरपालिकाको कार्यालय र वडा नं ७ वडा कार्यालय सील गर्ने निर्णय गरेको छ । उक्त समय अवधीभर नगरपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवा सुविधा समेत बन्द रहने अधिकृत भण्डारीले जानकारी दिनुभयो । आज सक्रंमित भएकाहरुको सम्पर्कमा रहेकाको कन्ट्याक टे«सिङ्को आधारमा स्वाव सकंलन गर्नका लागि तैयारी भईरहेको उहाँले बताउनुभयो । अधिकृत भण्डारीले कोरोना भाईरसको बढ्दो प्रभावबाट नआत्तिन,स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाई अत्यावश्यक दैनिक क्रियाकलाप गर्न र सभांवित जोखिमबाट बच्ने उपायबारे जानकारी लिन आग्रह गर्नुभयो ।