युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा ढोरपाटनका बाढी प्रभावित परिवारलाई ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी राहत स्वरूप वितरण गरिएको छ। युसबी सेवाका अध्यक्ष आकाश युसबी थापाका अनुसार बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई १९ हजारका दरले किरिया खर्च र प्रतिमृतक पाँच हजारका दरले थप रकम दिइएको हो। ‘पाँच सदस्य गुमाएको परिवारले कुल ४४ हजार सहित बाइस मृतक परिवारले कुल छ लाख १३ हजार राहत रकम पाएका छन्।
बाढीले पूर्ण क्षति पुर्याएका ५५ घरका परिवारलाई रु आठ हजारका दरले राहत दिईएको साथै आंशिक क्षति पुगेका ६१ मध्ये चार घरलाई रु ४ हजार र अन्य घरलाई रु १ हजारका दरले दिईएको बताईएको छ। यस्तै बाढीग्रस्त क्षेत्रका बालबालिकाको मनोबल बढाउन खेलौना, स्टेशनरी सामग्री गरिएको हो भने घाइते दुई जनालाई रु १०/१० हजार दिईएको बताईएको छ। बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्याएको छ । साथै सडक, विद्यालय, सामुदायिक स्वास्थ्य एकाइ, लघुजलविद्युत् आयोजना, झोलुङ्गे, ढलान र काठे पुललगायतका दर्जनौँ भौतिक संरचना समेत अस्थ ब्यस्त छन्। बाढी पीडितका लागी राहत स्वरुप देश–विदेशमा रहेका नेपालीहरुबाट सहयोग जुटेको बताईएको छ।
ढोरपाटनका बाढी प्रभावित परिवारलाई ११ लाख बडी राहात वितरण
युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा ढोरपाटनका बाढी प्रभावित परिवारलाई ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी राहत स्वरूप वितरण गरिएको छ। युसबी सेवाका अध्यक्ष आकाश युसबी थापाका अनुसार बाढीमा परी ज्यान गु…
