अन्तर्राष्ट्रिय सम्पर्क समितिको आयोजनामा भव्य सांस्कृतिक कार्यक्रम भेडुवामा जारी !

गुल्मी, २५ मँसिर । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी शेरा साविक वामी ९ घर भइ रोजगारी तथा अध्ययनको शिलशिलामा प्रवासमा रहेका नेपालीहरुले सञ्चालन गरेको संस्था अन्तर्राष्ट्रिय सम्पर्क समितिको आयोजनामा बिविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आज पनि जारी रह्यो । कार्यक्रम भोली…

अन्तर्राष्ट्रिय सम्पर्क समितिको आयोजनामा भव्य सांस्कृतिक कार्यक्रम भेडुवामा जारी !
गुल्मी, २५ मँसिर । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी शेरा साविक वामी ९ घर भइ रोजगारी तथा अध्ययनको शिलशिलामा प्रवासमा रहेका नेपालीहरुले सञ्चालन गरेको संस्था अन्तर्राष्ट्रिय सम्पर्क समितिको आयोजनामा बिविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आज पनि जारी रह्यो । कार्यक्रम भोली समापन हुने बताइएको छ । आज दोस्रो दिनको कार्यक्रम अन्तर्गत स्थानीय कलाकारहरु बिष्णु सिँजाली, लालुमाया कुवँर, धनमाया राना मगर, वामीका हास्य कलाकार कमल बराल लगायतले प्रस्तुती दिएका थिए । १२ समुहको सहभागीता रहेको भलिवल प्रतियोगीता अन्तर्गतका विभिन्न खेलहरु आज सञ्चालन भएका छन् । भने भोली भलिवल फाइनल सँगै राष्ट्रिय कलाकार देवी घर्तीको सांगीतिक प्रस्तुती रहने छ । कार्यक्रमको सञ्चालन मिनु बिसीले गरेकी थिइन् । समितिका सदस्यहरुबाट कार्यक्रम सञ्चालन तथा शेरामा मन्दिर निर्माणको निम्ती करिब १० लाख रुपैया रकम संकलन भएको छ ।