कमल पौडेल, वामीटक्सार गुल्मी - महेन्द्र आर्दश माध्यमिक विद्यालय वामी टक्सार गुल्मीको ६१ औं वार्षिकोत्सव तथा नव निर्मित भवनको उद्घाटन पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि एवं गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण विष्टले गर्नुहुने भएको छ। विद्यालयको ६१ औं वार्षिकोत्सवको अवसर २५ गते देखि विविध कार्यक्रम सञ्चालन भएपनि औपचारिक समारोह उत्सवको अन्तिम दिन अर्थात मंसिर २८ गते सनिवार हुन लागेको हो। कार्यक्रम उद्घाटन विहान ११ वजे रहेको वडा अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभएको छ। केहिदिन यता गुल्मीमै रहनुभएका सांसद विष्ट आजै साँझ वामी टक्सार आइपुग्नु भएको छ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य समेत रहनु भएका विष्टले सनिवार विहान वामीटक्सारमा भेटघाट गर्ने, ११ वजे विद्यालयको भवन उद्घाटन सँगै सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सनिवार औपचारीक कार्यक्रम संगै अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता, पुर्व शिक्षकहरुलाई विदाई लगाएतका कार्यक्रम रहेको विद्यालयले जनाएको छ। गत वर्ष विद्यालयले हिरक महोत्सव सम्पन्न गरेको थियो।
महेन्द्र आर्दश मावि वामीटक्सारको वार्षिकोत्सव तथा भवनको उद्घाटन पूर्व मन्त्रि एवं साँसद विष्टले गर्ने ।।
कमल पौडेल, वामीटक्सार गुल्मी - महेन्द्र आर्दश माध्यमिक विद्यालय वामी टक्सार गुल्मीको ६१ औं वार्षिकोत्सव तथा नव निर्मित भवनको उद्घाटन पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि एवं गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण विष्टले गर्नुहुने भएको छ। विद्यालयको ६१ औं वार्षिकोत्सवको अव…
