खड्ग जयन्ती आधारभूत विद्यालयमा नयाँ कार्यसमिति गठन

बडिगाड गाउँपालिका–७ गाँवमा रहेको खड्ग जयन्ती आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको गठन गरिएको छ । बुधबार स्थानीय महेश खत्रीको अध्यक्षतामा ९ सदस्य विद्यालय व्यवस्थापन समितिको गठन गरिएको हो । जसको सदस्यमा टिका केसी, रेखा केसी, रामबहादुर केसी, रणबहादुर विक, अस्मिता गुरुङ, स…

खड्ग जयन्ती आधारभूत विद्यालयमा नयाँ कार्यसमिति गठन
बडिगाड गाउँपालिका–७ गाँवमा रहेको खड्ग जयन्ती आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको गठन गरिएको छ । बुधबार स्थानीय महेश खत्रीको अध्यक्षतामा ९ सदस्य विद्यालय व्यवस्थापन समितिको गठन गरिएको हो । जसको सदस्यमा टिका केसी, रेखा केसी, रामबहादुर केसी, रणबहादुर विक, अस्मिता गुरुङ, सदस्य सचिवमा बासुदेव अर्याल, शिक्षक प्रतिनिधि घनश्याम घर्ती र पदेन सदस्य वडाअध्यक्ष कृष्ण गुरुङ चयन भएका हुन् । यस्तै, डोरबहादुर खड्काको अध्यक्षतामा १५ सदस्यीय शिक्षक अभिभावक संघको गठन गरिएको छ । बुधबार भएको विद्यालय व्यवस्थापन समितिको गठन विवादरहित सर्वसम्वत रुपले गरिएको छ । यसअघि हरिप्रसाद चालिसे विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेका थिए ।