गुल्मीमा पहिलो पटक महिला प्रजिअ आउँदै !

गुल्मी । गुल्मीमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी आउनुहुने भएको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी लगायत १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको सरुवा गरेको छ । गृह मन्त्री रामबहादुर थापाले आज गुल्मीका प्रमुख…

गुल्मीमा पहिलो पटक महिला प्रजिअ आउँदै !
गुल्मी । गुल्मीमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी आउनुहुने भएको छ ।  गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी लगायत १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको सरुवा गरेको छ । गृह मन्त्री रामबहादुर थापाले आज गुल्मीका प्रमुख जिल्ला अधिकारी शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी दिने गरी सरुवा गरिएकोे जानकारी दिनुभयो । गुल्मीमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा अब रुद्रादेवी शर्मा आउनुहुने भएको छ ।