बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाललाई आज गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ ।
नेपालका एकजना प्रतिष्ठित उद्योगी ढकाललाई साविकको धौलागिरी अञ्चलकै सबैभन्दा पुरानो विद्यालय विद्यामन्दिर माध्यामिक विद्यालयले आज बागलुङ बजारमा आयोजित एक भव्य कार्यक्रममा सम्मान गरेको हो । उहाँलाई पूर्व प्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान प्रदान गर्नुभएको हो ।
उहाँ बागलुङ जिल्लाको अमलाचौरमा जन्मिनुभएको हो । सम्मान कार्यक्रममा बोल्दै ढकालले जिल्लाको यस प्रतिष्ठित विद्यालयद्धारा गरिएको सम्मानबाट आफू निकै खुशी भएको विचार राख्नुभयो । उहाँले विद्यामन्दिर विद्यालयको सुधारका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।
ढकालले सामुदायिक विद्यालयको सुधारका लागि आफूले धेरै स्थानमा सहयोग गरेको पनि सो अवसरमा बताउनुभयो । “सामुदायिक विद्यालय सुधार गर्न सके धेरै सक्षम जनशक्ति उत्पादन गर्न सकिन्छ” ढकालले भन्नुभयो “विद्यालयको गुणस्तर सुधारका लागि निजी क्षेत्रले समेत योगदान गर्न आवश्यक छ, निजी क्षेत्रमा लागेका धेरै व्यक्तिहरु सामुदायिक विद्यालयका उत्पादन भएकाले योगदानको कदर गर्न आवश्यक हुन्छ ।”
विद्यालयको पूर्वाधारलेमात्रै विद्यार्थीको गुणस्तरमा वृद्धि नगर्ने भन्दै पूर्वाधारमा हामी सहयोग गर्छौं, गुणस्तर विद्यालयले बढाउनु पर्ने उहाँको तर्क छ । ढकालले विद्यालयले गरेको सम्मानप्रति आफू निकै ऋणि रहेको पनि बताउनुभएको थियो । सो सम्मान समारोहमा पूर्व प्रधानन्यायाधीश श्रेष्ठले देशमा उद्यमशिलताको प्रवर्धन गर्ने तथा हाम्रो जिल्लालाई नेपाल र बाहिरसमेत चिनाउने चन्द्र ढकालजस्तो व्यक्ति यस बागलुङ जिल्लाले पाउनु बडो सौभाग्यको कुरा हो भन्नुभयो ।
बागलुङमा जन्मेर नीजि क्षेत्रको नेतृत्वदायी भूमिकामा पुग्नु सामान्य कुरा नभएको भन्दै विद्यालयलाई निरन्तर सहयोग तथा सद्भाव राख्ने ढकाललाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाबाट बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएका चन्द्रप्रसाद ढकाललाई विद्यालयले सम्मान गरेको हो ।
ढकालले विद्यालयको पुननिर्माणका लागि रु १२ लाख ५० हजार समेत सहयोग गरिसक्नुभएको विद्यालयले जनाएको छ । विद्यालयलाई आवश्यक परे थप सहयोग गर्ने उहाँले बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष ढकाललाई गृह जिल्ला बागलुङमा सम्मान !
बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाललाई आज गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । नेपालका एकजना प्रतिष्ठित उद्योगी ढकाललाई साविकको धौलागिरी अञ्चलकै सबैभन्दा पुरानो विद्यालय विद्यामन्दिर माध्यामिक विद्यालयले आज बागलुङ बजारमा आयोजित…
