गुल्मी : बडिगाड अनलाइन । झण्डै दुई तिहाइको सत्ता बागडोर सम्हालेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनसँगै नेताहरुबीच हिसाव किताब सुरु भएको छ ।
पार्टी फुटेको औपचारिक घोषणा नभएपनि केन्द्र देखि स्थानीय तहसम्म हुने गुटगत भेलाले यसलाई पुष्टी गरेको छ । नेकपाको एक पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा छ भने अर्को पक्षको नेतृत्व माधव प्रचण्ड समुहले गरेको छ ।
पार्टी विभाजनसगैं यतिबेला नेकपाका नेता कार्यकर्तामा नैराश्यता सिर्जना भएको छ । गुल्मीमा पनि स्थानीय तहदेखि नै गुटगत भेला र बैठकहरु हुने गरेका छन् । प्रचण्ड माधव नेपाल पक्षले गुल्मीमा केही दिन अगाडी जिल्ला स्तरीय बैठक गरेको थियो त्यस्तै केपी ओली पक्षले पनि स्थानीय स्तरमा कार्यकर्ता भेटघाट तथा बैठकको कार्यक्रमलाई बाक्लो बनाएको छ ।
पार्टी विभाजनसगैं त्यसको गुल्मीमा प्रभाव र अब नेकपाको बाटो के भनेर पत्रकार डिबी खड्काले नेकपा गुल्मीका अध्यक्ष मधुकृष्ण पन्थसगं कुराकानी गर्नुभएको छ । प्रस्तुत छ सोही कुराकानीमा आधारित रहेर बडिगाड अनलाइनका सहसम्पादक सागर भण्डारीले तैयार पार्नुभएको अन्तरवार्ताको सपांदित अशं ।
नेकपा त अचम्मैले फुट्यो नी अबको बाटो के ?
नेपालको कम्यूनिष्ट आन्दोलनमा अहिले जे भाको छ त्यो राम्रो भाको छ त म भन्दिन । यस्तो हुनुहुन्नथ्यो । तरपनि राजनीतिमा यस्तो खालको उतार चढाव आउँछ । विगतमा पनि भएकै हो ।
२००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएपश्चात २० ३० दशक देखिनै कम्युनिष्ट पार्टीमा विभिन्न विवादहरु आउने विभिन्न समुहमा बाँढिने स्थितिका बीच एउटा मुलधारमा पार्टी हिँडिरहेको अवस्था थियो । विधिको हिसाबले नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएको छैन् । तर व्यवहारमा छुट्टा छुट्टै भेला हुने बैठक बस्ने गरिएको छ ।
यो स्थितिका बीचमा मलाई फेरी के विश्वास छ भने नेपाल कम्युनिष्ट पार्टी फेरी एकिकृत भएर अगाडी बढ्छ ।
पार्टी एकताका लागि त एकातात्मक भावना हुनुपर्ने हो तर त्यो त गुल्मीमा देखिएननी
तपाई ले भनेको कुरा ठिकै हो । एकता हुन्छ भन्ने नाममा शुभकामना दिएर मात्रै एकता हुने होईन् । प्रक्रिया अगाडी बढ्दा फेरी एकै ठाउँ हुने हो । विगतमा पनि कम्युनिष्ट पाटीका विभिन्न पक्ष विच विभक्त भएको अवस्था हुँदाहुँदै पनि पार्टी एकता भएर आएको हो ।
तरपनि फेरी अहिले यस्तो स्थिति पैदा भएको छ । र पनि जे जे गतिबिधि भएका छन् यसका कारणले पार्टी अनेकतामै जान्छ भन्ने मलाई विश्वास लाग्दैन् । यो एक ठाउँमा अवश्य आउँछ । केपी ओली कमरेड जो पार्टीको अध्यक्ष हुनुहुन्छ । प्रचण्ड पनि दुई जनालाई नै अध्यक्ष मानेर हामी अगाडी बढेको स्थिति थियो ।
तर अहिले फरक धारणाले दुई वटा पार्टीको अलग्गै अलग्गै ठाउँठाउँमा भेला भएकै छन् । भएता पनि त्यसलाई तपाईकै भाषामा बढारिएको भन्न मिल्दैन् । फेरी एकीकृत अभियान जान जरुरी छ । समय लाग्ने कुरा मात्रै हो ।
केन्द्रमा त ओली नेपाल प्रचण्ड पक्षको आफ्नै भेला हुने गरेको छ त्यस्तै जिल्ला अध्यक्ष पनि तोकिएको छ गुल्मीमा त्यस्तो भएको छ की छैन् ?
यो कुरा त तपाई सञ्चारकर्मी भएको नाताले आफै मूल्याङ्कन गर्नुहोला । त्यो मैले भनिराख्नुपर्ने स्थिति होईन् । स्वभाविक रुपमा विचारमा कहिलेकाहीँ तरगं आएपछि समुहगत भेटघाट हुन्छ, भेला हुन्छ, बसाई हुन्छ । यो त प्रक्रिया नै हो । धेरै अनौठो मान्न पर्दैन् ।
तपाईँले यति भनिरहँदा माधव प्रचण्ड खेमा एका तिर ओली खेमा एकातिर त प्रष्ट देखिएको छ नी जिल्लामा ?
स्वभाविक रुपमा त्यस्तो हुन्छ किनकी, माथि केन्द्र मै त्यस्तो भईसकेपछि त्यस्तो हुनु अस्वभाविक होईन् । यद्यपी गुल्मीको प्रसगंमा त्यति तिक्तता पूणर् ढगंले अगाडी बढेको छ भन्ने मलाई लाग्दैन् । त्यसमा असाध्यै तिक्तता गरिराख्नुपर्ने, दुःख मानिरहनुपर्ने, दुरी चाहीँ टाढा बनाईराख्नुपर्ने स्थिति सिर्जना नगर्न म सबैलाई अनुरोध गर्दछु ।
अन्त्यमा आम दर्शकलाई के भन्न चाहानुहुन्छ ?
यतिबेला म गुल्मीबासीलाई के भन्न चाहान्छु भने कम्युनिष्ट आन्दोलनमा जे अवस्था सिर्जना भयो हामी स्थानीय तह देखि लिएर प्रदेश र केन्द्रीय सरकारमा समेत । केपी ओलीको नेतृत्वमा सरकार छ । प्रदेश ५ सगैं गुल्मीका धेरै स्थानमा नेकपाकै सरकार छ ।
त्यसकारण निराश नहुन म सबैलाई अपिल गर्दछु । किनकी विगतमा पनि यस्ता क्रियाकलाप भएका छन् । फेरी पनि यो कहीँ न कहीँ गएर यो सगंलिन्छ । शान्त र धैर्य हुन अनुरोध गर्दछु ।