कांग्रेस नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन

नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन भएको छ।बिहीबार ह्दयघातका भएर अस्पताल पुर्‍याइएका दाहालको आज विहान ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। १२ वर्षअघि मिर्गौलाको प्रत्यारोपण गरेका दाहाल राजनीतिसँगै समाजसेवामा संलग्न थिए । ५८ वर्षीय दाहालले फागुन…

कांग्रेस नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन
नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन भएको छ।बिहीबार ह्दयघातका भएर अस्पताल पुर्‍याइएका दाहालको आज विहान ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। १२ वर्षअघि मिर्गौलाको प्रत्यारोपण गरेका दाहाल राजनीतिसँगै समाजसेवामा संलग्न थिए । ५८ वर्षीय दाहालले फागुन ४ गते मात्रै कोरोनाविरुद्धको खोप लगाएका थिए। प्रदेशसभा निर्वाचनमा ओखलढुङ्गा क्षेत्र नम्बर क बाट उम्मेदवार बनेका दाहाल तत्कालिन नेकपा एमालेका उम्मेदवार अमिरबाबु गुरुङसँग पराजित भएका थिए। दाहालको निधनले कांग्रेसको एक योद्दा गुमाएको नेता डा। प्रकाशशरण महतले बताएका छन्। उनको शव अहिले अस्पतालबाट कपनस्थित घरमा लगिएको छ। श्रद्धाञ्जलीका लागि पार्टी सभापति शेरबहादुर देउवा दिउँसो जाने बताइएको छ। त्यसपछि उनको शव आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ। दाहालका दुई छोरा, एक छोरी र पत्‍नी छन्। थाहा संवाददाता