रौतहटमा जारी प्रथम मेयर कपमा बडिगाडका लक्ष्मणले जिते कास्य पदक !

बडिगाड अनलाइन : रौतहटमा जारी प्रथम मेयर कप राष्ट्रिय कराते प्रतियोगीतामा बडिगाडका खेलाडी लक्ष्मण पुनले कास्य पदक जितेका छन् । बडिगाड डोजोको तर्फबाट सहभागी पुनले ४५ केजी तर्फ कास्य पदक जित्न सफल भएका हुन् । शुक्रवारबाट सुरु भएको प्रतियोगीतामा गण्डकी प्रदेशबाट ११ जना खेलाडी सहभागी…

रौतहटमा जारी प्रथम मेयर कपमा बडिगाडका लक्ष्मणले जिते कास्य पदक !
बडिगाड अनलाइन : रौतहटमा जारी प्रथम मेयर कप राष्ट्रिय कराते प्रतियोगीतामा बडिगाडका खेलाडी लक्ष्मण पुनले कास्य पदक जितेका छन् । बडिगाड डोजोको तर्फबाट सहभागी पुनले ४५ केजी तर्फ कास्य पदक जित्न सफल भएका हुन् । शुक्रवारबाट सुरु भएको प्रतियोगीतामा गण्डकी प्रदेशबाट ११ जना खेलाडी सहभागी भएकोमा बडिगाड डोजोका ३ जना खेलाडी सहभागी भएको बडिगाड डोजोका प्रशिक्षक राजन पाईजाले जानकारी दिनुभयो । शनिवार सम्पन्न हुने प्रतियोगीतामा भोलि ६५ केजीको खेलतर्फ निलम थापा सहभागी हुने उहाँले बताउनुभयो । यस अगाडी पनि भारतमा सम्पन्न अन्तराष्ट्रिय स्तरको प्रतियोगीामा उत्कृष्ट प्रदर्शन गरेर बडिगाड डोजोका खेलाडीले प्रशसां बटुलेका थिए ।