गुल्मीमा मृत फेला परेकी महिलाको शव ५ दिनपछि आफन्तले बुझे

गुल्मी: झुण्डिएको अवस्थामा मृत फेला गुल्मीको रेसुङ्गा नगरपालिका–३ की ५२ वर्षीय तोमकला खत्रीको शव ५ दिनपछि आफन्तले बुझेका छन्। फागुन २ गते घर देखि ८० मिटरको दुरीमा तोमकला झुण्डीएको अवस्थामा मृत फेला परेकी थिइन। मृत फेला परेकी तोमकलाको हत्या भएको हुनसक्ने भन्दै आफन्तले शवको पोष्ट म…

गुल्मीमा मृत फेला परेकी महिलाको शव ५ दिनपछि आफन्तले बुझे
गुल्मी: झुण्डिएको अवस्थामा मृत फेला गुल्मीको रेसुङ्गा नगरपालिका–३ की ५२ वर्षीय तोमकला खत्रीको शव ५ दिनपछि आफन्तले बुझेका छन्। फागुन २ गते घर देखि ८० मिटरको दुरीमा तोमकला झुण्डीएको अवस्थामा मृत फेला परेकी थिइन। मृत फेला परेकी तोमकलाको हत्या भएको हुनसक्ने भन्दै आफन्तले शवको पोष्ट मार्टम गर्न समेत दिएका थिए । आफन्तले गम्भीर ढंगले अनुसन्धान हुनुपर्ने माग राखेका थिए। आत्मा हत्या नभइ अन्य कुनै कारण हुनसक्छ भन्ने स्थानीयको माग छ । शुक्रवार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा भएको राजनितिक दल,सरोकार वालाहरुसँगको छलफलले मृत फेला परेकी खत्रीको शबको पोस्मार्टम गर्ने, अनुसन्धानलाई फराकिलो बनाएर लैजाने सहमती पश्चात शब आफन्तले बुझेका हुन् । जिल्लामा घटिरहेका घटनाहरुमा तिब्र अनुसन्धान गर्ने र दोषीलाई कारवाही गर्ने पिडितलाई न्याय दिने सहमती भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो । सहमती पश्चात आन्दोलन स्थकीत भएको छ । प्रहरीले अनुसन्धानलाई गम्भीर ढंगले नगरेको भन्दै बिहीबार आन्दोलनकारी प्रशासनको गेट र सुरक्षा घेरा तोडेर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कार्यकक्षमा नारा–जुलससहित पुगेका थिए । भाडगाउँकी २२ वर्षीय सम्झना बोहोरा खत्री यहि माघ २९ गते देखि वेपत्ता छिन् । वेपत्ताको खोजीका लागि भन्दै सम्झनाको परिवारले माघ ३० गते प्रहरीमा निवेदन दिए पनि सम्झनाको माइती पक्षले श्रीमान र सासूसँग पहिलेदेखि बेमेल रहेको आरोपसहित प्रहरीमा निवेदन दिएको थियो । सोही घटनाको अनुसन्धानका लागि प्रहरीले सम्झनाका श्रीमान नेत्रबहादुर खत्रीलाई हिरासतमा राखेको छ भने सासु तोमकला खत्रीलाई सोधपुछ गरी घर पठाएको थियो । तर फागुन २ गते तोमकला झुण्डिएको अवस्थामा मृत फेला परिन । त्यसअघि तोमकलाले २९ गते राति घरमा सासू, बुहारी र सानो बच्चा मात्र भएको अवस्थामा तीन जना अपरिचित व्यक्ति घरमा प्रवेश गरेको बताएको स्थानीय पूर्ण केसीले बताए ।   अहिले सासूको मृत्यु भइसकेको र बुहारी बेपत्ता भएको भन्दै घरपरिवार र सम्झनाका माइती पक्षले दुवै घटनाको न्यायिक छानविनका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । तर प्रहरीले यस बिषयमा छानविनमा ढिलासुस्ती गरेको भन्दै जनप्रतिनिधि, महिला अधिकारकर्मी र दुवै परिवारका सदस्यहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको नेतृत्वमा घटनाको सत्यतथ्य छानविनको माग गर्दै रेसुङ्गा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, महिला अधिकारीकर्मी, दुवै परिवारका सदस्यले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।   जिल्लामा यस आर्थिक वर्षको भदौदेखि एक पछि अर्को गर्दै अपराधका जघन्य घटना भइरहेका छन् । जिल्लामा गत भदौ २१ गते इस्मा गाउँपालिका– १ का मोतीबहादुर कुँवरको आफ्नै पसलमा बीभत्स हत्या भयो । हत्या भएको करिब ६ महिना पुग्न लाग्दा पनि प्ररीले हत्यारा पत्ता लाग्न सकेको छैन् । एक महिना अघि जिल्लाको रेसुङ्गा नगरपालिका– १४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विकको हत्या भएको प्रहरीले नै अनुमान गरेका थियो तर अहिलेसम्म हत्यारा पत्ता लगाउन प्रहरी सफल भएको छैन् । जिल्ला सदरमुकामै केहि समय अघि बिरामी सञ्चो बनाउने नाममा धामीले डामेर इस्मा गाउँपालिका– ३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको मृत्यु भयो । सदरमुकाममै घटेको यस्तो घटनाले प्रहरी प्रशानलाई चुनौति दियो । जिल्लामा घटेका घटनाहरु यि प्रतिनिधी मुलक घटनामा प्रहरीले सफल अनुसन्धान गर्न नसक्दा स्थानीय नागरिक असुरक्षित महशुस गरेका छन्। यसले गर्दा जिल्लामा नागरिकहरु प्रहरी र प्रशासन समक्ष शान्ति सुरक्षाको माग गरिरहेका छन्।