अख्तियारले भिमगिठे माविलाइ लाई काट्यो पत्र

बागलुङको बडिगाड गाउँपालिका– ७ मा भीमगिठे माविमा आर्थिक अनियमिताता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । बडिगाड गाउँकार्यपालिकालाई छानबिन गरी सत्य तथ्य साय सहितको प्रमाण पठाउन अख्तियारले पत्र काटेको हो । निवर्तमान प्र.अ सागर खरेलले आर्थिक पारदर्शीता नगरेको…

अख्तियारले  भिमगिठे माविलाइ लाई काट्यो पत्र
बागलुङको बडिगाड गाउँपालिका– ७ मा भीमगिठे माविमा आर्थिक अनियमिताता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । बडिगाड गाउँकार्यपालिकालाई छानबिन गरी सत्य तथ्य साय सहितको प्रमाण पठाउन अख्तियारले पत्र काटेको हो । निवर्तमान प्र.अ सागर खरेलले आर्थिक पारदर्शीता नगरेको उजुरीका आधारमा पत्र काटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । विद्यालयको स्वर्ण महोत्सवमा उठेको रकम अनियमितता गरी लेखा परीक्षण नगरेको, आर्थिक प्रतिवेदन लेखासमितिबाट हस्ताक्षर नगराइएको र ३३ लाख रकम अनियमितता गरेको भन्दै निवर्तमान प्रअ सागर खरेलविरुद्ध अख्तियारमा उजुरी परेको थियो । निवर्तमान प्रधानाध्यापकविरुद्ध अख्तियारमा उजुरी परेपछि पुस १ गते बडिगाड गाउँकार्यालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय पोखराले ७ दिनभित्र तत्कालीन लेखा परीक्षण प्रतिवेदन र स्वर्ण महोत्सवमा उठेको रकमको यर्थात विवरण खुलेको कागजात र बैंक स्टेटमेन्टलगायतका कागजातहरु उपलब्ध गराउन अनुरोध गरेको छ । अख्तियारले गाउँपालिकालाई भीमगिठे माविमा गई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको माग बमोजिम निरीक्षण गरी समयमै प्रतिवदेन पठाउनसमेत निर्देशन गरेको छ । अख्तियारको निर्देशनपछि गाउँपालिका कार्यालयबाट निरीक्षणका लागि गएको टोलीले महोत्सवको लेखा परीक्षण नगरेको, उठेको रकम बैंकमा नराखेको भेटिएको गाउँपलिका कार्यालयले जनाएको छ । Source : janatasamachar.com