अनिष पन्थी
गुल्मी: गुल्मीमा आफ्नै बुहारीले ससुराको हत्या गरेको घटना सार्वजनिक भएको छ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका-३ की ४२ वर्षीया मनकला ज्ञवालीले आफ्ना ८७ वर्षका ससुरा नन्द कुमार ज्ञवालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ। प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिएको छ।
फागुन ८ गते उनका ससुरा आफ्नै ओछ्यानमा मृत भेटिएका थिए। त्यसपछि घटना रहस्यमय देखिए पछि जिल्ला प्रहरी कार्यालय गुल्मीले फागुन ९ गते उनकी बुहारीलाई पक्राउ गरेको थियो।अदालतबाट म्याद थप गरि घटना बारे थप अनुसन्धान थालिएको प्रहरी प्रमुख प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभएको छ।
गुल्मीमा आफ्नै बुहारीद्वारा ससुराको हत्या
अनिष पन्थी गुल्मी: गुल्मीमा आफ्नै बुहारीले ससुराको हत्या गरेको घटना सार्वजनिक भएको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिका-३ की ४२ वर्षीया मनकला ज्ञवालीले आफ्ना ८७ वर्षका ससुरा नन्द कुमार ज्ञवालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ। प्रहरी कार्यालयले सोमबार प…
