कविता: मलाई बलात्कार गर

- एलिसा पौडेल ए! यौवनका प्यासीहरु हो नरभक्षीको रुप लिएर आऊ र मलाई बलात्कार गर खोल मेरो टिसर्ट खोल ब्राको हुक निकाल र गाढ मेरा स्तनहरुमा आफ्ना तिखा दाह्रा मेरो जामा खोल र पूरा गर आफ्नो कामवासना नराख केही बाँकी नराख टोक्न चिर्थोर्न चुम्न एक एक अङ्गहरु टोक एक एक अङ्गहरु चिथोर एक एक…

कविता: मलाई बलात्कार गर
- एलिसा पौडेल ए! यौवनका प्यासीहरु हो नरभक्षीको रुप लिएर आऊ र मलाई बलात्कार गर खोल मेरो टिसर्ट खोल ब्राको हुक निकाल र गाढ मेरा स्तनहरुमा आफ्ना तिखा दाह्रा मेरो जामा खोल र पूरा गर आफ्नो कामवासना नराख केही बाँकी नराख टोक्न चिर्थोर्न चुम्न एक एक अङ्गहरु टोक एक एक अङ्गहरु चिथोर एक एक अङ्गहरु चुम म सहनेछु दुखाइका हर प्रहारहरु शान्त भएपछि काम ज्वाला निचोर मेरो घाँटी निचोर र फ्याँकिदेऊ झाडीमा तर याद राख मेरो बलात्कारसँगै मेरो हत्यासँगै अन्त्य हुनुपर्नेछ यो बलात्कारको सिलसिला यो हत्याको श्रृङ्खला मन्जुर छ भने सर्त आओ यौनका भोका ब्वाँसाहरु हो मलाई बलात्कार गर म आफू बलात्कृत भएर म आफू मरेर बचाउन चाहन्छु मेरा दिदिबहिनीहरु मेरा भाउजुबुहारीहरु मेरा भतिजीहरु मेरा आमाहरु