- जिएम शर्मा 'विवेक'
किन उता-उता सरेकी, यता आउन।
अझै! नचिनेझै गरेकी, यता आउन॥
पहिलो चोटि यस्तै हो, अप्ठेरो हुन्च।
हेर त मख्ख परेकी? यता आउन॥
डराउन पर्दैन, देख्ने कोहि छैनन।
लाली जोवन भरेकी, यता आउन॥
के परेर रातिराती यहाँ सम्म आयौ।
कति कामले झरेकी? यता आउन॥
मिल्ने सबै दिम्ला बरु, भन कुरो केहो।
कस्तो आँखा तरेकी ? यता आउन॥
गजल: हेर त मख्ख परेकी? यता आउन!
- जिएम शर्मा 'विवेक' किन उता-उता सरेकी, यता आउन। अझै! नचिनेझै गरेकी, यता आउन॥ पहिलो चोटि यस्तै हो, अप्ठेरो हुन्च। हेर त मख्ख परेकी? यता आउन॥ डराउन पर्दैन, देख्ने कोहि छैनन। लाली जोवन भरेकी, यता आउन॥ के परेर रातिराती यहाँ सम्म आयौ। कति कामले झरेकी? यता आउन॥ मिल्ने सबै दिम्ला बरु,…
