पत्रकार महासंघको निर्वाचन आचार संहिता जारी

काठमाडौँ: नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले निर्वाचन आचारसंहिता जारी गरेको छ। समितिका अनुसार मतदानका बेला क्यामेरा, रेकर्डर र मोबाइल फोन जस्ता सामाग्रीहरु लिएर जान नपाइने भएको हो। मतदाताले निर्वाचन समितिद्वारा जारी भएको परिचयपत्र, मतदाता परिचयपत्र वा महासंघले जारी ग…

पत्रकार महासंघको निर्वाचन आचार संहिता जारी
काठमाडौँ: नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले निर्वाचन आचारसंहिता जारी गरेको छ। समितिका अनुसार मतदानका बेला क्यामेरा, रेकर्डर र मोबाइल फोन जस्ता सामाग्रीहरु लिएर जान नपाइने भएको हो। मतदाताले निर्वाचन समितिद्वारा जारी भएको परिचयपत्र, मतदाता परिचयपत्र वा महासंघले जारी गरेको परिचयपत्रका आधारतमा मतदान गर्न पाउने छन्। त्यस्तै, मतदान प्रकृया सुरु भएसँगै मतदानस्थल परिसरभित्र प्रचार प्रसार गर्न, नाराजुलुस गर्न, भाषण गर्न, पोष्टर टाँस्न, पर्चा पम्प्लेट वितरण गर्न रोक लगाइएको छ। महासंघको नयाँ नेतृत्वको वैशाख २५ गते निर्वाचन हुँदैछ। निर्वाचनमा १३ हजार १ सयभन्दा बढी मतदाता छन्। Author अनिश शर्मा गैरे बडिगाड अनलाइनका प्रमुख संवाददाता हुन्।