गुल्मीमा नुहाउने क्रममा डुबेर २ बालकको ज्यान गयो

- टोपलाल अर्याल गुल्मी: गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीमा २ बालकको खोलामा डुबेर ज्यान गएको छ। मदाने गाउँपालिका १ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका ५ खुँगका ८ बर्षका गोविन्द विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्…

गुल्मीमा नुहाउने क्रममा डुबेर २ बालकको ज्यान गयो
- टोपलाल अर्याल गुल्मी: गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीमा २ बालकको खोलामा डुबेर ज्यान गएको छ। मदाने गाउँपालिका १ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका ५ खुँगका ८ बर्षका गोविन्द विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए। यो पनि हेर्नुहोस्: गुल्मीको रुरुमा ‘रानीले काटेको ढुंगा’ (फोटो फिचर) बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुवेर ज्यान गएको हो । दुवै शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रम जारी रहेको प्रहरी नायव उपरिक्षक पाण्डेयले जानकारी दिए । प्युठान गौमुखी गाउँपालिका-५, खुँगकी बिष्णु विक छोरा गोविन्दसहित सोमबार मात्रै माइत सिर्सेनी आएकी थिइन्।