अनिश शर्मा गैरे - गुल्मी मुसिकोटको समृद्धिको आधार, कृषि पर्यटन उद्योेग र व्यापार भन्ने मुल नारा सहित आउने माघ १५ देखी २६ गतेसम्म आयोजना गरीएको प्रथम गुल्मी मुसिकोट पर्यटन, सांस्कृतिक, औद्यागिक एवं व्यापार महोत्सब सफल पार्न आयोजकहरु कम्मर कसेर लागेका छन् । वामीटक्सारमा १२ दिन सम्म आयोजना गरिएको महोत्सबलाइ भव्य र सभ्य रुपमा सम्पन्न गर्न आयोजकह यतिबेला देशका बिभिन्न शहरहरुमा छलफल कार्यक्रममा ब्यस्त छन् । शनिवार मात्रै काठमाण्डौमा बृहत छलफल सम्पन्न गरिएकोे छ । मुसिकोट नगरपालिका घर भइ काठमाण्डौलाइ बसाइ थलो बनाउनुभएका मुसिकोट बासीहरुसँग छलफल गरिएको हो ।
उद्योग वाणिज्य संघका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मुसिकोट नगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्लेको स्वागत रहेको थियो । त्यसैगरी कार्यक्रममा महेन्द्र आदर्श नमुना माबिका पुर्व प्रअ तथा रुद्रावती बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख हिरामणी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो भने प्रध्यापक डा. तारा प्रसाद सापकोटा, डा. जीवलाल सापकोटा लगायतले बोल्नुभएको थियो । छलफलका क्रममा आउने माघमा हुने महोत्सबलाइ भव्य रुपमा सफल पार्न सबैले तन मन धनले सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।
छलफलमा वाणिज्य संघको टोलीमा अध्यक्ष सुदर्शन शाक्य, वडाध्यक्ष प्रकाश काफ्ले, गुल्मी यातायातका अध्यक्ष रुपकलाल श्रेष्ठ, सदस्य ज्ञानहरी सापकोटा, दिनेश खाती,बेग प्रसाद शाक्य, बिजयाकुमारी मल्ल, नेकपा मालेका नेता राजकुमार श्रेष्ठ लगायतको सहभागीता रहेको छ । महोत्सबमा स्थानीय स्तरमा उत्पादित सामग्रीसँगै नगरपालिका भित्र रहेका सम्पुर्ण पर्यटकीय स्थलहरु वामीको शालीमे दह, ताराखसे, बुद्धविहार, कुर्घाको मालिका मन्दिर र स्वाँरा होमस्टे, पौदीअमराइको छत्रभुमी मन्दिर, सीता गुफा, तिखेचुली, मुसिकोटको मुसिकोट दरवार आदि पर्यटकीय क्षेत्रको प्रचार प्रसारको लक्ष्य राखीएको अध्यक्ष शाक्यले बताउनुभयो ।
त्यसैगरी महोत्सवमा नेवार समुदायको परम्परागत झाँकी, मालारानीका मगरहरुको भैलो, सराँय नाँच, सोरठी आदि संस्कृतिको संरक्षण, झिनिया रोट लगायत विभिन्न जातजातीका खानाका परिकार आदिको प्रचार प्रसार गरी प्रबद्र्धन गर्ने उद्धेश्य सहित महोत्सव आयोजना गर्न लागीएको संघका सदस्य ज्ञानहरी सापकोटाले जानकारी दिनुभयो । महोत्सवमा कफीको जननी आँपचौरमा उत्पादन हुने कफी, अर्लाङ्कोटको सुन्तला, तरकारी, मालारानीको माहुरी लगायत अरू कृषिजन्य सामग्रीहरुको प्रदर्शनी हुने छ । महोत्सवमा १५० स्टल राख्ने तयारी गरिएको छ ।
मुसिकोट महोत्सबको बिषयमा देशका बिभिन्न स्थानमा आयोजकहरु छलफलमा ब्यस्त ।।
अनिश शर्मा गैरे - गुल्मी मुसिकोटको समृद्धिको आधार, कृषि पर्यटन उद्योेग र व्यापार भन्ने मुल नारा सहित आउने माघ १५ देखी २६ गतेसम्म आयोजना गरीएको प्रथम गुल्मी मुसिकोट पर्यटन, सांस्कृतिक, औद्यागिक एवं व्यापार महोत्सब सफल पार्न आयोजकहरु कम्मर कसेर लागेका छन् । वामीटक्सारमा १२ दिन सम्म…
