गुल्मीका सुभाष जसलाई परिवारले ९ वर्षदेखि दाम्लोमा बाँधेका छन्

- दिपक नेपाली गुल्मी: हेर्दा उचम्मको जिउडाल अनि अनौठो व्यवहार। जो कोहीले उनलाई झट्ट देख्दा डराउँछन्। गुल्मीको मुसिकोट नगरपालिका, वडा नं. ४, दोभानमा जन्मिएका सुभास राना उमेरले अहिले १० वर्षका भए। उनी संगै जन्मिएका साथीहरु जस्तो हुँदो हो त उनी यतिबेला विद्यालय आउने जाने र घरको कामम…

गुल्मीका सुभाष जसलाई परिवारले ९ वर्षदेखि दाम्लोमा बाँधेका छन्
- दिपक नेपाली गुल्मी: हेर्दा उचम्मको जिउडाल अनि अनौठो व्यवहार। जो कोहीले उनलाई झट्ट देख्दा डराउँछन्। गुल्मीको मुसिकोट नगरपालिका, वडा नं. ४, दोभानमा जन्मिएका सुभास राना उमेरले अहिले १० वर्षका भए। उनी संगै जन्मिएका साथीहरु जस्तो हुँदो हो त उनी यतिबेला विद्यालय आउने जाने र घरको काममा सघाउने गर्दथे। तर उनको जीवन फरक छ? उनलाई अहिले परिवारले नै दाम्लोमा बाँधेर राख्ने गरेका छन्। उनी हिँड्डुल गर्ने भएपछि अनौठो व्यवहार देखाउन थालेपछि उनको परिवारले अहिले बाँधेर राख्ने गरेका हुन्। उनी जन्मिँदै एकोहोरो आकाशमा हेर्ने, फुर्सा आखा देखाउने जस्तो अस्वभाविक व्यवहार देखाउने गर्थे। बिस्तारै हुर्कँदै गएपछि उनमा झनै अनौठो व्यवहार देखिन थाल्यो। जन्मिएको ९ महिना हुँदा उनमा यस्तो किसिमको समस्या देखियो। परिवारलाई उपचार गरे निको हुन्छ की भन्ने लाग्यो। आमा सिता रानाले उपचारको लागि भारत सम्म पुर्याईन तर उनको व्यवहारमा परिवर्तन हुन सकेन्। उनी झनपछि झन अनौठो व्यवहार देखाउँदै जान थाले। अहिले सुभास आफुले देख्ने सबै वस्तुहरु टोक्ने र बेला-बेलामा आफ्नै कानमा हान्ने गर्दछन्। त्यस्तै भूँईमा घोप्टो परेर चिच्याउने, गोठमा बाँधेका पशुचौपायालाई सताउने, उनीहरुलाई टोक्ने जस्ता क्रियाकलाप गर्ने गरेका छन्। उनको रेखदेख गर्न एकजना धरालो नै बस्नुपर्ने स्थिति आएपछि अहिले आमा सिताले उनलाई घरमै बाँधेर मेलापात जाने गरेकी छन् । सुभास उनका कान्छा छोरा हुन जेठा छोरा भने सकुशल नै छन् । सिताले छोराको यो अवस्था देखेर निकै पीडा हुने गरेको बताउँदै आँखा भरी आँसु निकालिन् । छोराको यस्तो अवस्था देखेर समाजले सान्त्वना दिने समयमा उल्टै छिछि र दुरदुर गर्ने गरेको दुखेसो उनले सुनाईन् । कुन जुनीको पाप भोगर यस्तो भयो सम्म भन्ने गरेको उनको भनाई छ । छोराको यस्तो अबस्था भए छी अहिले सम्म कुनै नयाँ ठाउँ र मेला पर्वमा जान समेत नपाएको उनले बताईन् । सुभासका बुबा भारतमा मजदुरी गर्दै आईरहेका छन्।