फाइल तस्वीर
- छविलाल पाण्डे
बागलुङ: बागलुङको ढोरपाटन नगरपालिका-२, खल्टुबोट भन्ने स्थानमा गाडिएको अवस्थामा शव फेला परेको छ। बुधबार दिउँसो ढोरपाटन नगरपालिका-२, खल्टुवोट स्थित जस्ति खोल्सामा अन्दाजी ३५ बर्षिय पुरुषको शव फेला परेको हो।
खोस्लाको छेउँमा खुट्टा बाँदेर ढुँगाले छोपेर जमिन मुनी गाडीएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । कोर्ट सर्ट पाइन्ट लगाएको हुलिया छ।
शवलाई पोष्ट मार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको जनाइएको छ। ५/६ दिन अगाडी हत्या गरी गाडीएको हुनसक्ने भएका कारण शव गलिसकेको अवस्थामा रहेको र थप अनुसन्धान भइरहेको बताइएको हो।
ढोरपाटन-२ मा गाडिएको अवस्थामा एक पुरुषको शव फेला
फाइल तस्वीर - छविलाल पाण्डे बागलुङ: बागलुङको ढोरपाटन नगरपालिका-२, खल्टुबोट भन्ने स्थानमा गाडिएको अवस्थामा शव फेला परेको छ। बुधबार दिउँसो ढोरपाटन नगरपालिका-२, खल्टुवोट स्थित जस्ति खोल्सामा अन्दाजी ३५ बर्षिय पुरुषको शव फेला परेको हो। खोस्लाको छेउँमा खुट्टा बाँदेर ढुँगाले छोपेर जमिन…
