वामीमा आयोजित स्वास्थ्य शिविरको लागि अष्ट्रेलियाबाट ५० हजार सहयोग

गुल्मी: मुसिकोट युनेस्को केन्द्र गुल्मीले यहि मिति २०७८ साल वैशाख १८ गते मुसिकोट नगरपालिका-७, वामीटक्सारको रुद्रावती बहुमुखी क्याम्पसमा आयोजना गर्न लागेको निःशुल्क स्वास्थ्य शिविरको लागि अष्ट्रेलियाबाट ५० हजार सहयोग प्राप्त भएको छ। केन्द्रले गरेको आग्रहलाई स्वीकार गर्दै गुल्मी सम…

वामीमा आयोजित स्वास्थ्य शिविरको लागि अष्ट्रेलियाबाट ५० हजार सहयोग
गुल्मी: मुसिकोट युनेस्को केन्द्र गुल्मीले यहि मिति २०७८ साल वैशाख १८ गते मुसिकोट नगरपालिका-७, वामीटक्सारको रुद्रावती बहुमुखी क्याम्पसमा आयोजना गर्न लागेको निःशुल्क स्वास्थ्य शिविरको लागि अष्ट्रेलियाबाट ५० हजार सहयोग प्राप्त भएको छ। केन्द्रले गरेको आग्रहलाई स्वीकार गर्दै गुल्मी समाज भिक्टोरिया, अष्ट्रेलियाले नगद ५० हजार सहयोग गर्ने निर्णय गरेको समाजका अध्यक्ष गान्धी प्रसाद भटराईले जानकारी दिनुभयो। आयोजक संस्थाका अध्यक्ष मोहन घिमिरेले सहयोगी संस्थालाइ महत्वपूर्ण सहयोगको लागि धन्यवाद व्यक्त गर्दै उक्त संस्थालाई सह आयोजकको भूमिका प्रदान गरिएको जानकारी दिनुभयो । भविष्यमा पनि मुसिकोट युनेस्को केन्द्र र गुल्मी समाज भिक्टोरियावीच सौहार्दपुर्ण वातावरणमा संस्थागत सम्बन्ध कायम गरि मुसिकोट नगरपालिकाका जनताको पक्षमा काम गर्न प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो। केन्द्रले यो पवित्र मानवीय सेवामा आधारित काममा सहयोग प्रदान गर्नुहुने गुल्मी समाज भिक्टोरियाका अध्यक्ष गान्धी प्रसाद भटराई र सचिव प्रकाश अर्यालसहित संस्थाका सबै पदाधिकारी र सदस्यहरुलाई धन्यवाद समेत दिएको छ। यो पनि हेर्नुहोस्: स्वर्गद्वारी दर्शन गर्न हिँडेका जिल्ला प्रशाशन कार्यालय गुल्मीका कर्मचारी सवार जीप दुर्घटना: ५ जनाको मृत्यु गुल्मी समाज अष्ट्रेलियाले लामो समयदेखि गुल्मी तथा आसपासका क्षेत्रमा परोपकारी मानवीय सेवा गर्दै आएको छ। मुसिकोट नगरपालिकाभित्र बस्ने बिरामीहरुलाई लाभ पुग्नेगरी हाडजोर्नी, बाथ तथा स्नायु रोगको स्वास्थ्य शिविर राखिएको हो । अध्यक्ष घिमिरेका अनुसार उक्त शिविरमा विशेषज्ञ डा. अरुण कुमार गुप्तासहितको टोली उपस्थित हुनेछ । सो शिविरको लागि र्युम्याटिक ट्रिटमेन्ट सेन्टर काठमाडौँ र काठमाडौँ हेल्थ केयर बुटवलको प्राविधिक सहयोग रहने भएको छ । भने अन्य विभिन्न दातृ निकायहरुले पनि आर्थिक सहयोग गर्ने बताइएको छ। वामीटक्सारमा हुने उक्त शिविरमा अधिकतम बिरामीहरुलाई स्वास्थय लाभ लिन पाउने गरी सबैलाई प्रचारप्रसार गर्न पनि आग्रह गरिएको छ। त्यस्तै उपचारसँगै औषधि पनि निशुल्क उपलब्ध गराइने अध्यक्ष घिमिरेले बताउनुभयो। Author अनिश शर्मा गैरे बडिगाड अनलाइनका प्रमुख संवाददाता हुन्।