बागलुङमा एकै दिन तीन संक्रमितको मृत्यु

फाइल तस्वीरः धौलागिरी अस्पतालमा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनका क्रममा बागलुङ: कोरोना संक्रमणबाट बागलुङमा बिहीबार एकै दिन तीन जनाको मृत्यु भएको छ। धौलागिरी अस्पतालमा उपचाररत ढोरपाटन नगरपालिका-९ का ५७ वर्षीय शेरमान घर्ती, गल्कोट नगरपालिका-२ का ५२ वर्षीय पुरुषको मृत्यु भएको…

बागलुङमा एकै दिन तीन संक्रमितको मृत्यु
फाइल तस्वीरः धौलागिरी अस्पतालमा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनका क्रममा बागलुङ: कोरोना संक्रमणबाट बागलुङमा बिहीबार एकै दिन तीन जनाको मृत्यु भएको छ। धौलागिरी अस्पतालमा उपचाररत ढोरपाटन नगरपालिका-९ का ५७ वर्षीय शेरमान घर्ती, गल्कोट नगरपालिका-२ का ५२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड १९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो। यसअघि बिहान सबेरै बागलुङ नगरपालिका-४ बस्ने ७७ वर्षीया पुरुषको मृत्यु भएको थियो। यो सँगै जिल्लामा मृत्यु हुनेको संख्या २० पुगेको छ। नेकपा माओवादी केन्द्रका नेता समेत रहेका घर्ती बैशाख १९ गते अस्पतालमा भर्ना हुनुभएको थियो। गल्कोटका ५२ वर्षीय पुरुष बैशाख २२ गते अस्पताल ल्याइएको थियो। साभार: आदर्श अनलाइन