बागलुङमा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

बागलुङ: बागलुङको निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ। शुक्रबार दिउसो निसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा घर पोत्ने माटो खन्ने क्रममा पु’रिएर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर केसीले जानकारी दिए। माटोको ढिस्कोले पुरिएर स्थानीय ३३ वर्षीया भवी कुँवर…

बागलुङमा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु
बागलुङ: बागलुङको निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ। शुक्रबार दिउसो निसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा घर पोत्ने माटो खन्ने क्रममा पु’रिएर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर केसीले जानकारी दिए। माटोको ढिस्कोले पुरिएर स्थानीय ३३ वर्षीया भवी कुँवर र उनका १२ वर्षीय माइलो छोरा सुरेश कुँवरको मृत्यु भएको केसीले जानकारी दिए। घटनाको थाहा पाएपछि स्थानीयको सक्रियतामा उनीहरुको मृत अवस्थामा उद्धार गरिएको केसीले बागलुङ पोस्टलाई बताए। आमा छोराको दुःख घटनाले सिंगो गाउँनै शोकमा परेको छ। स्थानीयहरुले घर पोत्नका लागि गाउँ नजिकैको ओढारबाट माटो निकाल्दै आएका थिए। ‘गाउँमा दुखद घटना भयो, माटो निकाल्ने क्रममा यस्तो घटना भएछ,’ केसीले भने।