गुल्मी: जिल्लाको मालिका गाउँपालिकाका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीहरुले एक दिनको पारिश्रमीक ‘अक्सिजनपलाण्ट अभियानमा’ सहयोग गर्ने भएका छन्।
गाउँपालिकाका कर्मचारी, शिक्षक रस्वस्थ्यकर्मीहरुको एक दिनको पारिश्रमीक ३ लाख ४२ हजार ७ सय ९० रुपैयाँ अभियानमासहयोग गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए। गाउँपालिकाका शिक्षकहरुको २ लाख ४७ हजार ९ सय ४०, स्वास्थ्यकर्मीहरुबाट रु. ४६ हजार ९ सय ४५ र कर्मचारीबाट ४७ हजार ९ सय ५ प्रदान गरिने भण्डारीले बताए।
उनलेजिल्लामा अक्सिजनको आवश्यकता अहिले मात्रै नभएकाले महामारीमा आफै जोखिम मोलेर कामगरिरहेका स्वास्थ्यकर्मी तथा शिक्षक कर्मचारीबाट सहयोग गरिएको बताए। मालिकागाउँपालिकाको निर्णयले अभियानको लागि अत्यन्तै खुसीको कुरा हो। यो निर्णयले अभियानमा लागेका अभियान्ताहरु अत्यन्तै खसी भएका छन्।
कोरोना संक्रमणको दर बढ्दैगइरहेका बेला अक्सिजनको कारण नागरिकको ज्यान जाने स्थितीलाई मध्येनजर गरेर नेपालपत्रकार महासंघले ‘अक्सिजन पलाण्ट अभियान’ संचालन गरेको छ।
महामारीका बेला पत्रकारमहासंघ गुल्मीले संचालन गरेको अभियानमा ऐक्यवद्धता जनाउँदै अभियान साथ दिने मालिकागाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारी सहितको सहयोगी कर्मचारी, क्षिकक रस्वास्थ्यकर्मीहरुलाई पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले धन्यवाद दिए। उनले अरु स्थानीय तहलाई पनि अभियानमा जोडिन आग्रह गरे।