गुल्मीमा अक्सिजन प्लान्ट निर्माण अभियानमा १० लाख सहयोग गर्ने सांसद विष्टको प्रतिवद्धता

गुल्मी: कोरोना भाइरस कोभिड -१९ को दोस्रो लहर समुदाय स्तरमा फैलिन थाले पछि देशभर अक्सिजनको अभाव भएको र नागरिकले अक्सिजन अभावमा ज्यान गुमाई रहेको खवर पछिल्लो चोटी व्यापक रूपमा आइ रहेका छन। गुल्मीमा पनि अक्सिजन अभाव हुने देखिए पछी पत्रकार महासंघ गुल्मीले वैशाख २५ गतेदेखि अक्सिजन प्ल…

गुल्मीमा अक्सिजन प्लान्ट निर्माण अभियानमा १० लाख सहयोग गर्ने सांसद विष्टको प्रतिवद्धता
गुल्मी: कोरोना भाइरस कोभिड -१९ को दोस्रो लहर समुदाय स्तरमा फैलिन थाले पछि देशभर अक्सिजनको अभाव भएको र नागरिकले अक्सिजन अभावमा ज्यान गुमाई रहेको खवर पछिल्लो चोटी व्यापक रूपमा आइ रहेका छन। गुल्मीमा पनि अक्सिजन अभाव हुने देखिए पछी पत्रकार महासंघ गुल्मीले वैशाख २५ गतेदेखि अक्सिजन प्लान्ट निर्माणार्थ सहयोग अभियान सञ्चालन गरेर देशविदेशबाट सहयोग रकम संकलन गरीरहेको छ । यसैविच पत्रकार महासंघको उक्त अभियानमा प्रशंसा गर्दे उक्त अभियानमा आफ्नो तर्फ देखी रू १० लाख सहयोग जुटाउने गुल्मी क्षेत्र नं २ का प्रतिनिधि सभा सांसद गोकर्ण विष्टले प्रतिवद्धता व्यक्त गर्नु भएको छ। साथै पत्रकार महासंघको यो पूण्यकर्ममा सहभागी भएर कोरोना विरूद्धको लडाइमा एक्यवद्धता जनाउनु हुन उहाँले सवैलाइ अपिल गर्नु भएको छ। यो पनि पढ्नुहोस्: गुल्मीका पत्रकारहरुले अस्पताललाई हस्तान्तरण गरे अक्सिजन नेपाल पत्रकार महासंघ गुल्मीले जिल्ला अस्पताललाई शनिवार २० वटा अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गरेको छ। महासंघले वैशाख २५ गतेदेखि अक्सिजन अभियान सञ्चालन गरेर देशविदेशबाट सहयोग रकम संकलन गरी पहिलो चरणमा खरिद गरिएको २० वडा सिलिन्डर जिल्ला अस्पतालाई हस्तान्तरण गरिएको हो। लाख मुल्यमा बुटवलको लुम्बिनी अक्सिजन उद्योगबाट मगाइएको उक्त सिलिन्डर हस्तान्तरण गरिए पछि त्यस अस्पतालमा अब ६८ भरी अक्सिजनसहितका सिलिन्डर स्टक रहेको त्यस अस्पतालका मेसु डाक्टर उक्तम पाच्याले बताए। उनले गुल्मी जिल्लाका पत्रकारहरुले यो विपदमा अत्यन्तै सह्रानिय काम गरेको भन्दै धन्यवादसमेत दिए। हस्तान्तरण पछि नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले आफुहरुले अभियान सुरु गरे देखि हालसम्म अस्पताललाई अक्सिजनको अभाव हुन नदिएको र आगामी दिनमा पनि अभाव हुन नदिने गरि सक्रिय भएको बताए।