अस्पताल लैजाँदै गर्दा बागलुङका एक संक्रमितको बाटोमा मृत्यु

बागलुङ: बागलुङको काठेखोला गाउँपालिका वडा नं. ७ रेशका ८२ बर्षिया कोरोना संत्रमित पुरुषको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको छ। जेठ २ गते कोरोना संक्रमण पुष्टि भएर होम आईसोलेसनमा बसेका ती पुरुषको स्वास प्रस्वासमा समस्या आएपछि अस्पताल ल्याउँदै गर्दा बिहिबार राती बाटोमै मृत्यु…

अस्पताल लैजाँदै गर्दा बागलुङका एक संक्रमितको बाटोमा मृत्यु
बागलुङ: बागलुङको काठेखोला गाउँपालिका वडा नं. ७ रेशका ८२ बर्षिया कोरोना संत्रमित पुरुषको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको छ। जेठ २ गते कोरोना संक्रमण पुष्टि भएर होम आईसोलेसनमा बसेका ती पुरुषको स्वास प्रस्वासमा समस्या आएपछि अस्पताल ल्याउँदै गर्दा बिहिबार राती बाटोमै मृत्यु भएको हो। उनलाई धौलागिरी अस्पताल बागलुङ ल्याईंदै थियो। कोभिड निमोनिया भएका उनलाई उच्च रक्तचाप लगायतका समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो। साभार: ढोरपाटन अनलाइन