आजको राशिफल: यी राशि भएकाहरुको भाग्योदय हुने

१० जेठ २०७८ सोमवारको राशिफल मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इष्टमित्र एवं साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। मान प्रतिष्ठामा वृद्धि पनि होला। वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ र शुभ समाचार सुन्न पाइएला।…

आजको राशिफल: यी राशि भएकाहरुको भाग्योदय हुने

१० जेठ २०७८ सोमवारको राशिफल

मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries आज इष्टमित्र एवं साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। मान प्रतिष्ठामा वृद्धि पनि होला। वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus आज नयाँ र शुभ समाचार सुन्न पाइएला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा विस्तारै सफलता मिल्नेछ। मिथुन (Gemini) (का, कि, कु, घ, ङ, छ, के, को, हा) Gemini आज नयाँ अनुभव मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ। कर्कट (Cancer) (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer आँटेको र ताकेको कार्य पुरा होला। कूटनीतिक नियोगको सहयोग मिल्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। प्रेममा मधुरता पनि छाउला। सिंह (Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo मित्रबाट सहयोग मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। कन्या (Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo नयाँ कार्यको थालनी हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। महिला वा मित्रबाट सहयोग मिल्नेछ। वैदेशिक क्षेत्र भने कमजोर नै रहला। तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। वृश्चिक (Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio सम्पत्ति हराउने वा नष्ट होला। अरुको भर पर्दा धोका पाइनेछ। राजनैतिक कार्यमा बाधा आउनेछ। साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ। धनु (Sagittarius) (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius राजनीतिक कार्यमा सफलता मिल्नेछ। घरायसी मनोरञ्जनमा सहभागिता भइएला। स्वास्थ्यमा समस्या आउन सक्छ बढी सजग रहनु होला। मकर (Capricorn) (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) Capricorn आज इच्छा र आकाङ्क्षा पूर्ण होला। नजिकको आफन्त र मित्रसँग भेटघाट हुनेछ। दिनको उत्तरार्धमा केही धन खर्च बढ्न सक्छ। कुम्भ (Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius आज अरुलाई प्रभावित पारेर काम बन्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ। मीन (Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces अनावश्यक झमेलामा परिएला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। चुनौतीको सामना गर्नुपर्ला। प्रयत्न गरे फाइदा लिन सकिनेछ। - ज्यो.प. नारायणप्रसाद दुलाल साभार: हाम्रो पात्रो