त्रिभुवन नमुना मा.वि., खर्बाङमा निर्मित आईसोलेसनमा एक पुरुषको मृत्यु

बागलुङ: बागलुङको खर्बाङमा रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालय, खर्बाङमा बनाइएको आईसोलेसन कक्षमा एकजना पुरुषको मृत्यु भएको छ। बागलुङ जिल्लाको बडिगाड गाउँपालिका, खर्बाङ स्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा रहेको आईसोलेसनमा उपचार भइरहेका बडिगाड गाउँपालिकाका ४८ वर्षिय एक पुरुष…

त्रिभुवन नमुना मा.वि., खर्बाङमा निर्मित आईसोलेसनमा एक पुरुषको मृत्यु
बागलुङ: बागलुङको खर्बाङमा रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालय, खर्बाङमा बनाइएको आईसोलेसन कक्षमा एकजना पुरुषको मृत्यु भएको छ। बागलुङ जिल्लाको बडिगाड गाउँपालिका, खर्बाङ स्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा रहेको आईसोलेसनमा उपचार भइरहेका बडिगाड गाउँपालिकाका ४८ वर्षिय एक पुरुषको मृत्यु भएको जानकारी प्राप्त भएको छ। उनलाई अचेत अवस्थामा आज बिहान ४ बजे मात्रै आईसोलेसनमा ल्याईएको थियो। उनलाई कोभिड-१९ को शंका गरिएको भएपनि अझै सम्म पुष्टि नभएको खर्बाङबाट कमल पौडेलले जानकारी दिनुभयो। नवखबरबाट साभार