गुल्मीमा निषेधाज्ञाको समय जेठ २४ सम्म थप

गुल्मी: गुल्मीमा निषेधाज्ञाको समय जेठ २४ गतेसम्म थप गरिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए। यस अगाडी थप गरिएको निषेधाज्ञाको समय जेठ १५ गत…

गुल्मीमा निषेधाज्ञाको समय जेठ २४ सम्म थप
गुल्मी: गुल्मीमा निषेधाज्ञाको समय जेठ २४ गतेसम्म थप गरिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए। यस अगाडी थप गरिएको निषेधाज्ञाको समय जेठ १५ गते (भोली) राती १२ बजे सकिदैछ। थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहनेछन्। निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ। जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ६९६ रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। संक्रमणका कारण जिल्लामा७५ जनाको मृत्यु भइसकेको छ। जिल्लामा हालसम्म एक हजार २५८जना संक्रमित निको भएको कार्यालयले जनाएको छ। खबरमार्केट डटकमबाट साभार