बडिगाडमा चट्याङ लागेर एक बालकको मृत्यु : १ घाईते !

- जीवन पाण्डे बागलुङ: बाग्लुङको बडिगाड गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। मंगलबार दिउँसो करिब साढे १२ बजेको समयमा परेको चट्याङ लागेर घाईते भएका बडिगाड गाउँपालिका-५, सिमाक साविकको वडा न-९ का १२ वर्षीय सुवास पेमीको मृत्यु भएको हो । चट्याङले लागेर घाईते उनको उपचारका…

बडिगाडमा चट्याङ लागेर एक बालकको मृत्यु : १ घाईते !
- जीवन पाण्डे बागलुङ: बाग्लुङको बडिगाड गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। मंगलबार दिउँसो करिब साढे १२ बजेको समयमा परेको चट्याङ लागेर घाईते भएका बडिगाड गाउँपालिका-५, सिमाक साविकको वडा न-९ का १२ वर्षीय सुवास पेमीको मृत्यु भएको हो । चट्याङले लागेर घाईते उनको उपचारका लागि अस्पताल लैजाने क्रममै मृत्यु भएको स्थानीय राजन पाइजाले जानकारी दिनु भयो । यसैबीच वडा नं. ४ जल्जला भुल्ने टोलमा स्थानीय प्रेम राकस्कोटीको घरमा चट्याङ पर्दा उहाँकी छोरी ११ वर्षीय सृष्टी राकसकोटी घाईते हुनुभएको छ । उहाँको शरिरको पेटमा चोटपटक रहेको पाईजाले बताउनुभयो । सोही समयमै परेको चट्याङले स्थानीय रुपचन बुढा र उहाँको भाईको घर पूणर् रुपमा क्षति पुगेको छ । घरको गाह्रो चर्केको, ओढ्ने कपडा जलेको र वाईरिङ र विजुलीका सामानहरु पूणर् रुपमा क्षति भएको बताईएको छ । छिमेकमा रहेका अन्य ८ वटा घरमा पनि बिजुलीका सामानहरु सबै ध्वस्त बनाएको स्थानीयले बताएका छन।