बडिगाडमा कोरोनाका कारण तीन दिनको अन्तरमा आमा छोराको मृत्यु !

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–५ खारमा कोभिड संक्रमणबाट आमा र छोराको मृत्यु भएको छ । दिर्घरोगी रहेका आमा र छोराको उपचारका क्रममा कोभिड संक्रमण भएर मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार १५ दिनअघि उपचारका लागि पोखरा आएकी ५२ वर्षीय आमाको बिह…

बडिगाडमा कोरोनाका कारण तीन दिनको अन्तरमा आमा छोराको मृत्यु !
बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–५ खारमा कोभिड संक्रमणबाट आमा र छोराको मृत्यु भएको छ । दिर्घरोगी रहेका आमा र छोराको उपचारका क्रममा कोभिड संक्रमण भएर मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार १५ दिनअघि उपचारका लागि पोखरा आएकी ५२ वर्षीय आमाको बिहीबार मणिपाल अस्पताल र ३५ वर्षीय छोराको शनिबार साँझ चरक अस्पतालमा मृत्यु भएको हो । स्थानीय राजन पाइजाका अनुसार तीन दिनको अन्तरमा आमा र छोराको मृत्यु भएको छ । ‘दिर्घ रोगी भएकाले पोखरा उपचारका लागि जानुभएको थियो,’ पाइजाले भने, ‘उपचारका क्रममा उहाँहरुको निधन भयो अन्त्यमा कोरोना पोजेटिभ देखियो ।’नयाँ विश्व