बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका-२ की एक युवती मृत अवस्थामा फेला परेकी छिन् । काठेखोला गाउँपालिका-२ भीमापोखरा डहरे ठूलोपाखाकी २० वर्षीया युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
स्थानीय भीमबहबादुर सुनारकी २० वर्षीय छोरी मनिसा किसान शनिबार बिहान साढे १० बजे घाँस काट्न भनि निस्केकोमा घर नपर्केपछि खोजी गर्ने क्रममा सोमबार स्थानीय तोयानाथ उपाध्यायको गोठमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।
उनी सोमबार बिहान १२ः२० बजेसको समयमा खोजी गर्दा झुण्डिएको अवस्थामा फेला परेको बताईएको छ । शनिबार बिहान घरबाट घाँस काट्न भनेर निस्केपछि घर फर्कि नआएको र आफन्तकोमा पनि नगएको थाहा भएपछि खोजी कार्य अगाडि बढाईएको थियो ।
झुण्डिएको अवस्थामा भेटिएपछि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक विजय भण्डारीको कमाण्डमा पाँच जनाको टोली खटिएको प्रहरीले जनाएको छ । झुण्डिनुको कारण नखुलेको बताईएको छ ।
घाँस काट्न हिँडेकी बागलुङ काठेखोलाकी युवती झुण्डिएको अवस्थामा भेटिईन् !
बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका-२ की एक युवती मृत अवस्थामा फेला परेकी छिन् । काठेखोला गाउँपालिका-२ भीमापोखरा डहरे ठूलोपाखाकी २० वर्षीया युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । स्थानीय भीमबहबादुर सुनारकी २० वर्षीय छोरी मनिसा किसान शनिबार बिहान साढे १० बजे घाँस काट्न भ…
