बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा !

काठमाण्डौं : सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्…

बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा !
काठमाण्डौं : सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको कार्कीले जानकारी दिए । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते विभिन्न ११ देशमा राजदूत नियक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।