तमानखोलाबाट लुकाई छुपाई राखेको २२ नाल भरुवा बन्दुक बरामद !

बागलुङ : प्रहरीले जिल्लाको तमानखोला गाउँपालिकाबाट २२ नाल भरुवा बन्दुक बरामद गरेको छ । आईतबार प्रहरीचौकी बोङ्गादोभानबाट गस्तीमा गएको प्रहरी टोलीले तमानखोला गाउँपालिका-४ को लाममेला र तमानखोला-३ का मार्केखोलाबाट गरी २२ नाल एक नाले भरुवा बन्दुक बरामद गरेको हो । प्रहरी सहायक निरीक्षक…

तमानखोलाबाट लुकाई छुपाई राखेको २२ नाल भरुवा बन्दुक बरामद !
बागलुङ : प्रहरीले जिल्लाको तमानखोला गाउँपालिकाबाट २२ नाल भरुवा बन्दुक बरामद गरेको छ । आईतबार प्रहरीचौकी बोङ्गादोभानबाट गस्तीमा गएको प्रहरी टोलीले तमानखोला गाउँपालिका-४ को लाममेला र तमानखोला-३ का मार्केखोलाबाट गरी २२ नाल एक नाले भरुवा बन्दुक बरामद गरेको हो । प्रहरी सहायक निरीक्षक पदमबहादुर नेपालीको कमाण्डमा गएको तीन जनाको प्रहरी टोलीले तमानखोला गाउँपालिका-४ लाममेला स्थित घट्टेखोला नजिकै रहेको ओढारमा लुकाई छुपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक १२ नाल बरामद गरेको हो । त्यस्तै तमानखाला गाउँपालिका-३ को मार्केखोलाको ओढारमा लुकाई छुपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक १० नाल गरी जम्मा २२ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी इकबाल हवारीले बताए । बोङ्गादोभान प्रहरीचौकी भन्दा १६ किलाकिटर पूर्व पर्ने स्थानबाट ती बन्दुकहरु फेला परेको र कस्ले किन राखेको भन्नेबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । - बागलुङ पोस्ट