गुल्मीमा गाई चराउन गएका युवकको करेन्ट लागेर ज्यान गयो !

गुल्मी । गुल्मीमा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका -१ अग्लुङका १८ वर्षका ब्रिकम राउतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुलमीले जानकारी दिएको छ । आईतबार मदाने गाउँपालिकाको वडा नम्वर दुई स्थित् सैरेको जंगलमा छाताको टुप्पोले अचानक विजुलीको तारमा छुद…

गुल्मीमा गाई चराउन गएका युवकको करेन्ट लागेर ज्यान गयो !
गुल्मी । गुल्मीमा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका -१ अग्लुङका १८ वर्षका ब्रिकम राउतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुलमीले जानकारी दिएको छ । आईतबार मदाने गाउँपालिकाको वडा नम्वर दुई स्थित् सैरेको जंगलमा छाताको टुप्पोले अचानक विजुलीको तारमा छुदाँ करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हो । घटनास्थलतर्फ इलाका प्रहरी चौकी पुर्कोट दहबाट टोली खटिएको छ ।