काँग्रेस महाधिवेशनको तैयारी बैठक बडिगाडमा सम्पन्न !

प्रकाश घिमिरे,बडिगाड । आसन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको पूर्व सन्धायामा तैयारी बैठक बडिगाड गाउँपालिकामा सम्पन्न भएको छ । बडिगाड गाउँपालिका वडा नं ५ मा रहेका क्रियाशील सदस्यहरुकाबीचमा महाधिवेशन तैयारीका सम्बन्धमा छलफल गरिएको हो । नेपाली काँग्रेस बडिगाड गाउँपालिका वडा नं ५…

काँग्रेस महाधिवेशनको तैयारी बैठक बडिगाडमा सम्पन्न !
प्रकाश घिमिरे,बडिगाड । आसन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको पूर्व सन्धायामा तैयारी बैठक बडिगाड गाउँपालिकामा सम्पन्न भएको छ । बडिगाड गाउँपालिका वडा नं ५ मा रहेका क्रियाशील सदस्यहरुकाबीचमा महाधिवेशन तैयारीका सम्बन्धमा छलफल गरिएको हो । नेपाली काँग्रेस बडिगाड गाउँपालिका वडा नं ५ का वडा सभापति अर्जुन प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला सदस्य सरस्वती आचार्यले महाधिवेशनलाई भव्य रुपमा सफल बनाउन आग्रह गर्दै गुट उपगुट भन्दा माथि उठेर सबै मिलेर नयाँ सन्देशका साथ वडा नं ५ को अधिवेशन सम्पन्न गर्न आग्रह गर्नुभयो । बैठकले निर्धारित मितिमा भव्य रुपमा अधिवेशन सम्पन्न गर्ने, लामो समयदेखि पार्टीमा योगदान पुर्याएका जेष्ठ नागरिक एवम् अग्रजहरुलाई सम्मान गर्ने,आर्थिक व्यवस्थापन गर्ने, क्रियाशिल सदस्यहरुले गरेको योगदान र गतिबिधिहरुको अभिलेखीकरण गर्ने लगायतका निणर्य गरेको छ । सोही अवसरमा अन्य विभिन्न पार्टी परित्याग गरि केही व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेस बाग्लुङ क्षेत्र नं २ का क्षेत्रीय सदस्य कृष्ण बहादुर घिमिरे,पूर्व जिल्ला कार्य समिति सदस्यहरु पूणर् बहादुर घर्ती क्षेत्री,हरिदत्त आचार्य,नेपाल शिक्षक सघं गण्डकी प्रदेश महासचिव सागर खरेल लगायत अन्य पार्टीका प्रमुख तथा प्रतिनिधि र क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकको सञ्चालन नेपाली काँग्रेस क्षेत्र नं २ बाग्लुङका क्षेत्रीय सदस्य विष्णु प्रसाद आचार्यले गर्नुभएको थियो ।