मध्यपहाडी लोकमार्ग अन्तर्गत भिमगिठे बुर्तिबाङ सडकखण्ड अवरुद्ध

बडिगाड । मध्यपहाडी लोकमार्ग अन्तर्गत भिमगिठे बुर्तिबाङ सडकखण्ड अवरुद्ध बनेको छ । गयराति अविरल वर्षासगैं बडिगाड खोलामा पानीको बहाप बढेपछि नदीले सडक छेउको मोटरबाटो कटान गरेर पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा पर्ने तुरतुरे क्षेत्रमा…

मध्यपहाडी लोकमार्ग अन्तर्गत भिमगिठे बुर्तिबाङ सडकखण्ड अवरुद्ध
बडिगाड । मध्यपहाडी लोकमार्ग अन्तर्गत भिमगिठे बुर्तिबाङ सडकखण्ड अवरुद्ध बनेको छ । गयराति अविरल वर्षासगैं बडिगाड खोलामा पानीको बहाप बढेपछि नदीले सडक छेउको मोटरबाटो कटान गरेर पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा पर्ने तुरतुरे क्षेत्रमा पहिरोले सडक नै बगाएपछि बिहानै देखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएसगैं सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन् । पहिरो खस्ने क्रम अझै जारी रहेकाले सडक कतिबेला सुचारु हुन्छ भन्न नसकिने स्थानीयले बताएका छन् ।