रामकृस्ण कंडेल,माघ ३,
विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको पोखरा स्थित मणिपाल अस्पतालमा निधन भएको बताईएको छ।खगेन्द्रको शुक्रबार दिउँसो निधन भएको खगेन्द्र थापामगर प्रतिष्ठानले जनाएको छ ।स्वास्थ्यमा समस्या आएपछि थापालाई बिहीबार अस्पतालमा भर्ना गरिएको थापा मगरको शुक्रबार निधन भएको हो।
उपचारका लागि उनलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।उपचारका क्रममा (आइसियु) मा भर्ना भएका थापा मगरको आज दिउँसो ३ बजे मृ त्यु भएको चिकित्सकहरुले बताएका छन् ।
बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए।खगेन्द्रको निधनले सबै नेपाली हरू लाई दुखी बनाएको छ।
अलबिदा खगेन्द्र!!!
रामकृस्ण कंडेल,माघ ३, विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको पोखरा स्थित मणिपाल अस्पतालमा निधन भएको बताईएको छ।खगेन्द्रको शुक्रबार दिउँसो निधन भएको खगेन्द्र थापामगर प्रतिष्ठानले जनाएको छ ।स्वास्थ्यमा समस्या आएपछि थापालाई बिहीबार अस्पतालमा भर्ना गरिएको थापा मगरको शुक्रबार निधन…
