गुल्मीमा चट्याङ्ग लागेर ९ घाईते : एकको अवस्था गम्भीर !

पुजा गौतम, इस्मा । गएराती गृुल्मीको इस्मा गाउँपालिकाको एक टोलमा चट्याङ्ग लागेर ९ जना घाईते भएका छन् । ती मध्ये एक जनाको अवस्था गम्भीर भए पछि जिल्ला अस्पतालबाट गएराती नै पाल्पा रिफर गरिएको छ । त्यस गाउँपालिका ३ र ४ को बिचमा पर्ने तोरीपाटा र मालारानी गाउँमा अविरल बर्षा बिच चट्याङ्ग…

गुल्मीमा चट्याङ्ग लागेर ९ घाईते : एकको अवस्था गम्भीर !
पुजा गौतम, इस्मा । गएराती गृुल्मीको इस्मा गाउँपालिकाको एक टोलमा चट्याङ्ग लागेर ९ जना घाईते भएका छन् । ती मध्ये एक जनाको अवस्था गम्भीर भए पछि जिल्ला अस्पतालबाट गएराती नै पाल्पा रिफर गरिएको छ । त्यस गाउँपालिका ३ र ४ को बिचमा पर्ने तोरीपाटा र मालारानी गाउँमा अविरल बर्षा बिच चट्याङ्ग परे पछि टोल नै भागाभाग भएका थिए । भागाभाग कै क्रममा त्यस तोरीपाटा गाउँका ५० बर्षीय झके नेपाली सहित ९ जना चट्याङ्ग लागेर घाईते भएका थिए । घाईतेहरु मध्ये स्वास्थ्य अबबस्था गम्भीर रहेकोले ईस्मा ३ तोरीपाटाकी २२ बर्षीया गिता नेपालीलाई पाल्पाको प्रभास अस्पतालमा गएराती नै रिफर गरिएको प्रहरी प्रबक्ता डिएसपी पुर्षोत्तम प्रसाद पाण्डले जानकारी दिए । झके नेपालीलाई र १९ बर्षीया रिता नेपालीको जिल्ला अस्पताल मै उपचार भई रहेको छ । २४ बर्षीया बालिका नेपाली, २८ बर्षीया लक्ष्मी नेपाली ९ क ० १९ बर्षीया लक्ष्मी नेपाली ९ ख ं० २२ बर्षीया सिता नेपाली , ४५ बर्षीय तेजबहादुर नेपाली , वडा नम्वर ४ मालारानीकी ३२ बर्षीया पार्वती नेपाली र २९ बर्षीया जलपा नेपाली सहित ६ जनाको स्थानीय मेडिकल मै उपचार भई रहेको छ । चट्याङ्गले हानेर घाईते भएका तेजबहादुर नेपालीको एउटा गोरु मरेको छ ।