बुर्तिबाङमा मेला हेरेर फर्कने क्रममा बडिगाडका एक युवा वेपत्ता : भिरबाट लडेको हुन सक्ने आशंका !

खेमराज अर्याल /बुर्तिबाङ : बडिगाड गाउँपालिका वडा नम्बर ९ बल्घासका एक युवा गएरातिदेखि वेपत्ता भएका छन् । बुर्तिबाङमा चलिरहेको पुर्णिमा मेला हेरेर फकर्ने क्रममा बल्घासका २८ वर्षिय शंकर परियार गएराति १० वजेदेखी बेपत्ता भएको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी नायव उपरिक्षक जयराम…

बुर्तिबाङमा मेला हेरेर फर्कने क्रममा बडिगाडका एक युवा वेपत्ता : भिरबाट लडेको हुन सक्ने आशंका !
खेमराज अर्याल /बुर्तिबाङ : बडिगाड गाउँपालिका वडा नम्बर ९ बल्घासका एक युवा गएरातिदेखि वेपत्ता भएका छन् । बुर्तिबाङमा चलिरहेको पुर्णिमा मेला हेरेर फकर्ने क्रममा बल्घासका २८ वर्षिय शंकर परियार गएराति १० वजेदेखी बेपत्ता भएको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी नायव उपरिक्षक जयराम वन्तले जानकारी दिनुभयो । साथीहरुसंगै राति अबेर सम्म मेला हेरेर घर हिडेका उनी ढोरपाटन नगरपालिकाको सिमलचौरबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । बुर्तिबाङबाट सिमलचौर हुदै पैदलमार्ग बाट घर जाँदै गर्दा सिमलचौर नजिकैको भिरबाट उनी वेपत्ता भएको परियारका आफन्तले बताएका छन् । आज दिनभर इलाका प्रहरी कार्यालय बुर्तिबाङ र परियारका आफन्तले दिनभर खोजी गर्दा पनि फेला पार्न नसकिएको प्रहरी नायव उपरिक्षक बन्तले बताउनुभयो । परियार भिरबाट लडेको आशंका गरिएको ठाउँ निकै अप्ठ्यारो झाडी भएको र त्यसदेखी तल बडिगाड खोला रहेकाले खोजी कार्यमा समस्या भएको वन्तले बताउनुभयो ।